close

बराहक्षेत्रका मेलमिलापकर्तालाई तालिम 

बराहक्षेत्रका मेलमिलापकर्तालाई तालिम 

Trulli
ADVERTISEMENT

इनरुवा- सुनसरीको बराहक्षेत्र नगरपालिकाका मेलमिलापकर्तालाई ४ दिने तालिम दिन सुरु गरिएको छ । स्थानीय तहमा न्याय निरुपण र न्यायिक समितिका कामलाई प्रभावकारी बनाउने उद्देश्यले रामधुनी नगरपालिकाले सामुदायिक मेलमिलापकर्ताका लागि ४ दिने तालिम सुरु गरेको हो ।

 

मेलमिलापको सिद्धान्त, उपादेयता, मेलमिलापकर्ताका गुण, विशेषता, क्षेत्राधिकार तथा यसको सही प्रयोगलगायत विषयमा जानकारी गराउने गरी बराहक्षेत्रमा मंगलबारदेखि तालिम सुरु भएको हो ।

 

तालिम उद्घाटन गर्दै नगरपालिका न्यायिक समितिकी संयोजक एवं उप-प्रमुख कमला मगरले न्यायिक समितिका काम प्रभावकारी बनाउने र समुदाय स्तरमा पनि मेलमिलापका कामलाई थप सहज बनाउन तालिम सञ्चालन गरिएको जानकारी दिइन् ।

 

मेलमिलापबाट दुवै पक्षले न्यायको अनुभूति गर्ने भएकाले मेलमिलाप प्रक्रियालार्ई विशेष महत्त्व दिइएको संयोजक मगरको भनाइ छ । नगरपालिका प्रमुख निलम खनालले मेलमिलापकर्ताले न्यायको सिद्धान्त र आफ्नो मर्यादालाई ख्याल गर्दै सहजीकरण गर्नुपर्नेमा जोड दिइन् ।

 

समुदाय स्तरमा मेलमिलापका काम गराउँदै आएका ५० जना सामुदायिक मेलमिलापकर्ता उक्त तालिममा सहभागी छन् ।

 

मेलमिलाप र स्थानीय तह, मेलमिलापका थप सीप, हानि नगरौँ सिद्धान्त र मेलमिलाप, मेलमिलापमा अवरोधको अवस्था र अवरोध हटाउने तरिका, मेलमिलापको प्रक्रिया तथा चरणलगायत विषयमा तालिम दिइनेछ ।

 

तालिममा प्रगति जागरण मञ्च इनरुवाका मेघराज न्यौपाने, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य तथा तथा सुनसरी जिल्ला अदालतमा सूचीकृत मेलमिलापकर्ता जयकृष्ण यादवलगायतले सहजीकरण गरेका छन् ।