close

मंगलाले बुकेनीमा बनायो वडा कार्यालय

मंगलाले बुकेनीमा बनायो वडा कार्यालय

Trulli
ADVERTISEMENT

म्याग्दी - जिल्लाका स्थानीय निकायमा आफ्नै भवन निर्माण गर्न गत वर्ष जिल्ला समन्वय समिति म्याग्दीको पाँचौ जिल्लासभाले स्थानीय तहको पूर्वाधार निर्माणका लागि ५ वटा गाउँपालिकालाई ६०–६० लाख र बेनी नगरपालिकालाई ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त बजेट पाएपछि स्थानीय तहले धमाधमा आफ्नै कार्यालय बनाउन थालेका हुन् ।
 
जिल्ला समन्वय समिति म्याग्दी र गाउँपालिकाको साझेदारीमा एक वटा सभाहलसहित पाँच कोठे भवन निर्माण भएको हो । असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको भवन कोरोनाको जोखिम र लकडाउनका कारण दुई महिना पर धकेलियो  । बुकेनीमा भवन निर्माणका लागि ०७५ मै  १५ लाख रुपैयाँमा पाँच रोपनी जग्गा खरिद गरिएको हो  ।


जिससको टोलीले अनुगमन गरेपछि भवन हस्तान्तरण, उद्घाटन र सेवा सञ्चालन गर्ने तयारी छ । कार्यालयमा आवश्यक सामग्री व्यवस्थापन गरेपछि छिट्टै वडाबासीले आफ्नै वडा कार्यालयबाट सेवा लिन सक्छन् । 


हाल बरन्जास्थित तत्कालीन बरंजा गाविसको भवनबाट मंगलाको ३ र ४ नम्बर वडाको कार्यालय सञ्चालन हुँदै आएका छन् । राज्य पुनर्संरचनाका क्रममा तत्कालीन बरंजा गाविसलाई दुई वडामा बिभाजन गरिएको हो ।