close

जन्ती बोकेको ट्रयाक्टर दुर्घटना, १ जनाको मृत्यु ३३ घाइते

जन्ती बोकेको ट्रयाक्टर दुर्घटना, १ जनाको मृत्यु ३३ घाइते

Trulli
ADVERTISEMENT

सिन्धुली– सिन्धुलीमा शुक्रबार राती जन्ती बोकेको ट्रयाक्टर दुर्घटनामा परेको छ । जन्ती बोकेको ना ५ त ५३५६ न.को ट्रयाक्टर अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका जानकारीअनुसार ट्रयाक्टरमा सवार ३४ मध्ये २३ जना सामान्य, ७ जना मध्यम ४ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक सन्तोषकुमार पोख्रेलले दुर्घटनाका घाइते मरिण गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय प्रताप लोको उपचारका क्रममा ट्रमा सेन्टर काठमाडांैमा मृत्यु भएको जानकारी दिए ।

 

मदन भण्डारी राजमार्गको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर २ बखफरबाट मरीण गाउँपालिका वडा नम्बर २ रातमाटेतर्फ जन्ती लिएर आउँदै गरेको ट्रयाक्टर दुर्घटनामा परेको हो ।

 

घाइतेमध्ये ५ जनालाई हेलिकोप्टरमार्फत काठमाडौंको ट्रमा सेन्टरमा थप उपचारका लागि पठाइएको मरीण गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष चन्द्रनाथ गौतमले जानकारी दिए । यस्तै, अरू १८ जनालाई पनि एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।