close

किसानका भकारी र गोजी भरिभराउ

किसानका भकारी र गोजी भरिभराउ

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरको लिम्चुङबुङका कृषक व्यावसायीक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । परम्परागत खेती गर्दै आएका कृषकलाई गाउँपालिकाले अनुदान मल, बिउ, प्रविधि र प्राविधिक ज्ञान दिन थालेपछि व्यावसायिक खेतीमा लागेका हुन् ।

 

लिम्चुङबुङ गाउँपालिकाले कृषिलाई आधुनिकीकरण नगरेसम्म समृद्ध पालिका बन्न नसक्ने भएकाले पालिकाले अध्यक्ष कृषि कार्यक्रम सुरु गरेसँगै कृषि पेसामा आकर्षण बढेको हो ।

 

लिम्चुङबुङका अधिंकाशजमिन अहिले पनि बाँझै छन् तर स्थानीय कृषकले त्यस्ता जमिन खोस्रिन सुरु गरेपछि आम्दानीको स्रोत बन्न थालेको छ।

 

आर्थिक वर्ष २०७६÷७७ बाट सुरु भएको अध्यक्ष कृषि कार्यक्रमबाट स्थानीय कृषकलाई गाउँपालिकाले विभिन्न प्लास्टिक टनेल, बिउ, थोपा सिँचाइका लागि विभिन्न सामग्री उपलब्ध गराउन थालेपछि व्यावसायिक तरकारी खेतीगर्ने क्रम बढेको हो ।

 

लिम्चुङबुङ गाउँपालिकाको वडा नम्बर २ ताम्लिछा सुनकोसी किनारा लिम्बाका कृषकले यतिबेला मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरी बिक्री गरिरहेका छन् । स्थानीय कृषक हेमबहादुर राईले पछिल्लो समय ४ सय ६५ केजी गोलभेडाउत्पादन गरेर बिक्री गरेको बताए ।

 

राईले उत्पादित तरकारी छिमेकी खोटाङका विभिन्न स्थानमा बिक्रीहुँदै आएको जानकारी दिए । हेमबहादुर मात्रै हैनन्, स्थानीय कृषक अम्बरशेर राईले पनि यतिबेला आफ्नो बारीमा गोलभेडा उत्पादन गरेर मनग्य आम्दानी लिइरहेका छन् ।

 

‘वैदेशिक रोजगारीबाट फर्कने युवाहरूको संख्या दिनप्रतिदिन बढ्दो छ । म आफैं विगतमा विदेशी भूमिमै पसिना बगाएर आएँ। यतिबेला गाउँमै कृषि कर्ममा लागेको छु’, स्थानीय खड्गबहादुर राईले भने ।

 

लिम्चुङबुङ लिम्बागाउँमा हेमबहादुर, अम्बरशेर र खड्गबहादुर मात्रै नभई यतिबेला पूरै गाउँनै कृषि खेतीमा आत्मनिर्भर भएको छ ।उनीहरूले नमुना कृषि समूहसमेत गठन गरेर कृषि उत्पादनमा जोड दिएका छन् । १६ घर मिलेर समूह बनाएका उनीहरूलाई गाउँपालिकाले सहयोग गर्दै आएको कृषि प्राविधिक गगन राईले बताए ।

 

पछिल्लो समय गाउँपालिकाका सबै स्थानमा सडक सन्जाल विस्तार भएपछि छिमेकी जिल्ला तथा स्थानीय बजारमा उत्पादित तरकारीको माग बढ्दै गएको स्थानीय कृषक सुवास राई बताउँछन् ।

 

गाउँपालिका अध्यक्ष मेजरकुमार राईले स्थानीय कृषकलाई व्यावसायिक बनाउनकृषि सामग्री सहयोग गरिँदै आएको जानकारीदिए । ‘गाउँपालिका अध्यक्ष कृषि परियोजना जनता धनी हुने कार्यक्रम भएकाले यसलाई स्थानीय कृषकले पनि आत्मासात् गर्दै अघि बढेकाछन्’, उनले भने ।

 

अध्यक्ष कृषि परियोजना सुरु हुनुपूर्व सहरबाट गाउँसम्म तरकारी आयात हुने गरेकाले त्यसलाई रोक्न गाउँको स्रोत गाउँमै उपभोग गर्नपरियोजनाले सहयोग पु¥याएको अध्यक्ष राईको भनाइ छ ।

 

‘यतिबेला बाहिरी बजारबाट तरकारी आउने क्रम रोकिएको छ । स्थानीय स्तरमैकृषक आत्मनिर्भर हुनुका साथै बाहिरी बजारमा समेत तरकारी निर्यात गर्दै आर्थिक आम्दानी लिन थालेकाछन्’, अध्यक्ष राईले भने ।

 

अध्यक्ष कृषि कार्यक्रम सुरु भएसँगै निर्वाहमुखी कृषि प्रणाली छाडेर स्थानीय कृषक व्यावसायिक खेतीतर्फ आकर्षित भएको गाउँपालिकाले जनाएको छ ।