close

बागमतीका प्रमुख प्रशासकीय अधिकृतहरूको भेला आह्वान

बागमतीका प्रमुख प्रशासकीय अधिकृतहरूको भेला आह्वान

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– एकअर्का स्थानीय तहबीचको असल अभ्यास र वार्षिक समीक्षाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बागमती प्रदेशभरका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको भेला बोलाएको छ ।

मन्त्रालयले बागमती प्रदेशअन्तर्गतका जिल्ला समन्वय अधिकारीहरूलाई पत्र लेख्दै ३० माघदेखि २ फागुनसम्म चितवनको सौराहामा बागमती प्रदेशभरका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको भेला बोलाएको हो ।

भेला सौराहास्थित होटल पार्क सफारी रिसोर्टमा हुने मन्त्रालयका शाखा अधिकृत महेशकुमार दाहालद्वारा जारी सूचनामा उल्लेख छ । संघीय मामिला मन्त्रालयले जिल्ला समन्वय अधिकारीहरूलाई पत्र लेखी आफ्नो जिल्लाका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यक्रममा सहभागिताको सहजीकरण गरिदिन भनिएको छ ।

 

उद्घाटन कार्यक्रम ३० माघमै हुने भएकाले सो दिन दिउँसो १ बजेभित्र कार्यक्रम स्थलमा उपस्थित भइसक्न मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरूलाई आग्रह गरेको छ ।