close

जागिर छोडेर व्यावसायिक खेतीमा, साग बेचेरै ६ लाख आम्दानी 

जागिर छोडेर व्यावसायिक खेतीमा, साग बेचेरै ६ लाख आम्दानी 

Trulli
ADVERTISEMENT

उदयपुर- पछिल्लो समय युवाहरु जागिर भन्दा कृषि पेशामा आकर्षित हुन थालेका छन् । उदयपुरको त्रियुगा नगरपालिका-१ का एक महिला ७ वर्ष जागिर खाएर अहिले व्यावसायीक कृषि पेशामा होमिएकी छन् । 


गाईघाटको विभिन्न अस्पतालमा ७ वर्ष अनमीको जागिर खाएर अहिले कृषि खेतीमा होमिएकी ३२ वर्षीया उस्मा राईले मदन भण्डारी लोकमार्गसँगै जोडिएको त्रियुगा नगरपालिका-१ मा २ बिगाहा जग्गामा अर्गानिक तरकारी खेती थालेकी छन् ।  १ वर्ष अघिबाट सुरु गरेकी उनको फार्ममा १५ वटा टनेलमा टमाटर, सायोको साग, धनिया, भान्टा, भेन्डि, सुर्सानी, लगाएका फलेका छन् । 

 

व्यावसायिक कृषि गर्न एग्रो फार्म नै दर्ता गरेर काम थालेकी हुन् । फर्ममा टर्कि, लोकल कुखुरा, राँगा, हाँस, बाख्रा, खसी, भैसी पनि छन । दुई वटा दुहुनो भैसीबाट १७ लिटरसम्म दुध बिक्री गर्ने गरेको उनको भनाइ छ । उनको फार्ममा अहिले१२ जनाले रोजगारी पाएका छन् । 

 

३६ लाख रुपैया लगानी गरेर पर्देशी एग्रो कृषि फर्म सञ्चालन गरेकी उनले एक सिजनमा मात्र ६ लाखको साग मात्र गरेको जानकारी दिइन् । 

 

पशुपालनमा आवश्यक पर्ने घाँसका लागि थप ५ बिगाहा जग्गा भाडा लिएर धान खेती गर्दै आएको उनको भनाइ छ ।  उनले फाममै महिला दिदि बहिनीलाई लक्षित गरेर ढाका कपडा बुनाईको कारखाना खोल्ने तयारी गरेकी छिन् । 


समृद्ध नगर निर्माण अभियानमा रहेको त्रियुगा नगरपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम थालेको छ । नगर प्रमुख बलदेव चौधरीका अनुसार नगरपालिकाले कृषि मिटर, मल, बिऊ, सिंचाई तथा कृषि योजना बनाइ रहेको छ ।  


नगर क्षेत्र भित्रका कृषि समूहलाई दर्ता गराइ एकीकृत योजना बनाएर बैंकसँगको समन्वयमा गरि ऋण उपलब्ध गराउने तयारीमा नगरपालिका लागि परेको नगर प्रमुख चौधरीको भनाइ छ । 


नगरले कृषि नीति पनि बनाइरहेको उनले जानकारी दिए । ‘थोरै ब्याजमा कृषकलाई ऋण दिन लागेका हौं, कृषकलाई आवश्यक पर्ने योजना सबै नगरपालिकाले बनाइदिनेछ,’ उनले पालिकाखबरसँग भने । 

 

कृषिलाई व्यावसायीकरण तथा बजारीकरण गर्न सके समृद्ध नगर बनाउन सकिने उनको धारणा छ । यसका लागि कृषकलाई बिऊ, बिजन, मल, सिंचाई, प्रविधि दिने नगरको योजना छ । 

 

बजारीकरणका लागि नगरपालिकाले संकलन केन्द्र निर्माण गरी कोल्डस्टोर बनाउने योजना रहेको उनको भनाइ छ ।