close

प्रमुख जिल्ला अधिकारीले आश्रममा बाँडिन् खाना–नाना

प्रमुख जिल्ला अधिकारीले आश्रममा बाँडिन् खाना–नाना

Trulli
ADVERTISEMENT

गुल्मी– गुल्मीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले रुद्रवेणीको आश्रममा पुगेर वृद्धवृद्धालाई सामूहिक भोजन र कम्बल वितरण गरेकी छन् ।


शनिबार सत्यवति गाउँपालिका वडा नम्बर १ अस्लेवाको रुद्रवेणीमा रहेको राम मन्दिर तारकेश्वर प्रमानन्द सन्यासाश्रमका ४८ वृद्धवृद्धालाई सामूहिक भोजन गराएकी थिइन् ।

 

जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट आश्रमलाई १० थान कम्बल प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी शर्माले भगवानजस्ता वृद्ध बाआमाहरूका गुनासा सुन्ने र सँगै भोजन गर्ने अवसर पाएकामा खुसी व्यक्त गरिन् ।

 

उनले आश्रममा रहेका वृद्धवृद्धाहरूको स्वास्थ्य अवस्था, परिवारसँगको सम्बन्ध र आश्रमका समस्याबारे छलफल गरेकी थिइन् । शर्माले आश्रमको अवस्था, भेटघाट र छलफलपछि आफूलाई पनि आमाहरूको स्याहार सुसार गर्ने व्यक्तिको अभाव महसुस गरेको प्रतिक्रिया दिइन् ।