close

म्याग्दी पालिका खबरदाता गौतम पुरस्कृत 

म्याग्दी पालिका खबरदाता गौतम पुरस्कृत 

Trulli
ADVERTISEMENT

म्याग्दी– म्याग्दीका पालिका खबरदाता सन्तोष गौतम नगद २५ हजार रुपैयाँसहित पुरस्कृत भएका छन् । म्याग्दी उद्योग वाणिज्य संघले पत्रकारितामार्फत जिल्लाको पर्यटन प्रवद्र्धनमा योगदान पु¥याएबापत गौतमलाई पुरस्कृत गरेको हो ।

 

संघको २७ औँ साधारणसभा तथा ११ औँ अधिवेशन अवसरमा पालिका खबरदाता गौतमसहित बेनी अनलाइनका सञ्चालक हरिकृष्ण गौतमलाई पुरस्कृत गरिएको थियो । 

 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र म्याग्दी उद्योग वाणिज्य संघ अध्यक्ष उत्तम कर्माचार्यले गौतमद्वयलाई नगद र सम्मानपत्र प्रदान गरेका थिए । संघले सञ्चालन गरेको म्याग्दी भ्रमण वर्ष २०७५ अवसरमा म्याग्दीको पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने घोषणा गरेको थियो । 

 

भ्रमण वर्ष र पर्यटनसँग सम्बन्धित समाचारको मूल्यांकन गरेर गौतमद्वयलाई पुरस्कृत गरिएको संघले जनाएको छ । अधिवेशन र साधारणसभाका क्रममा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले म्याग्दीको प्रवेशद्वार कालीपुल बसपार्कमा संघले स्थापना गरेको महादेव मूर्ति अनावरण गरे । अधिवेशनले बेलबहादुर कटुवालको अध्यक्षतामा संघको आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । 

 

वरिष्ठ उपाध्यक्षमा सुविन श्रेष्ठ, प्रथम उपाध्यक्षमा राजेश शाक्य, द्वितीय उपाध्यक्षमा लीलाराम गौतम, महासचिवमा अमित बानिया, कोषाध्यक्षमा सुवर्ण रिजाल, सचिवमा सुमन श्रेष्ठ, सहसचिवमा बाबुराम आचार्य र सहकोषाध्यक्षमा नारायण जिसी निर्वाचित भएका छन् । 


संघका सदस्यमा टेकप्रसाद सापकोटा, अञ्जित खान, गोपाल पौडेल, खेम केसी, मोतिलाल पौडेल, सरोज बानिया, राजकुमार श्रेष्ठ, तारानाथ रेग्मीलगायत चयन भएका छन् ।