close

हरिनगरमा अनलाइन घटना दर्ता प्रशिक्षण

हरिनगरमा अनलाइन घटना दर्ता प्रशिक्षण

Trulli
ADVERTISEMENT

सुनसरी-सुनसरीको हरिनगर गाउँपालिकामा सेवा इकाइ अनलाइन घटना दर्ता तथा सामाजिक सुरक्षासम्बन्धी २ दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । 

 

हरिनगर गाउँपालिकाको सेवा इकाइले आयोजना गरेको तालिममा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरणसम्बन्धी २ दिने सेवाप्रदायक संस्थाका ६ जना दर्ता अपरेटरलाई प्रणालीमा इन्ट्री गर्न प्रशिक्षण दिइनेछ ।

 


योजना शाखा प्रमुख एमआईएस अपरेटर तथा कार्यक्रमका प्रशिक्षक अब्दुल कैयुम खाँ र फिल्ड सहायक विकेशकुमार साहले सहजीकरण गरेका थिए ।

 

गाउँपालिकाअन्तर्गत वडा कार्यालयमा रहेका पुराना घटना दर्ता (जन्म, मृत्युु, बसाइँसराइ, विवाह, सम्बन्धविच्छेद) किताबलाई अनलाइन प्रणालीमा ल्याउन ६ जना दर्ता अपरेटरलाई घटना दर्ता र सामाजिक सुरक्षासम्बन्धी सम्पूर्ण कार्य अनलाइनबाटै गर्न तालिम आयोजना गरिएको हो । सरकारले पञ्जीकरणसम्बन्धी कार्य अनिवार्य अनलाइनबाटै गर्नुपर्ने व्यवस्था गरेकाले हरिनगरले सबै काम अनलाइन प्रणालीबाट लागू गरिएको छ ।

 

गाउँपालिका अध्यक्ष गफार अन्सारीले उद्घाटन गरेको प्रशिक्षण अवसरमा प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्का, वडा सदस्य रजेश पाललगायत सहभागी थिए ।