close

चौदण्डीगढी नगरपालिकाको शैक्षिक सामग्री सहयोग 

चौदण्डीगढी नगरपालिकाको शैक्षिक सामग्री सहयोग 

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको चौदण्डीगढी नगरपालिकाले वडा नम्बर ८ स्थित सिद्धिपुरको शारदा आधारभूत विद्यालयलाई २ लाख ५० हजार बराबरको शैक्षिक सामग्री उपलब्ध गराएको छ ।

 

शैक्षिक सामग्री नगरप्रमुख खगेन्द्र राई र उपप्रमुख रीताकुमारी चौधरीले संयुक्त रूपमा विद्यालयलाई हस्तान्तरण गरे ।


प्रदेश १ को सामाजिक विकास मन्त्रालयको आर्थिक वर्ष २०७६/७७ को (आईसिटी) कार्यक्रमअन्तर्गत विनियोजित रकमबाट विद्यालयलाई शैक्षिक सामग्री उपलब्ध गराइएको नगरप्रमुख खगेन्द्र राईले बताए ।


शैक्षिक सामग्री हस्तान्तरणसँगै विद्यालयको भौतिक संरचना सुधारका लागि नगरपालिकाले घेराबेरा गर्न २ लाख ७५ हजार रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको छ । घेराबेरा निर्माणको नगरप्रमुख राई र उपप्रमुख चौधरीले संयुक्त रूपमा  शिलान्यास गरे ।