close

बजारमा आयो वडाध्यक्षको गीत ‘तिम्रो यादमा पिउने बानीले’

बजारमा आयो वडाध्यक्षको गीत ‘तिम्रो यादमा पिउने बानीले’

Trulli
ADVERTISEMENT

तनहुँ– व्यास नगरपालिका–५ का वडाध्यक्ष एवम नगरप्रवक्ता मोहनकुमार श्रेष्ठले सिर्जना गरेको ‘तिम्रो यादमा पिउने बानीले’ बोलको गीत सार्वजनिक गरिएको छ । आइतबार युट्युबमार्फत गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । प्रेममा धोका पाएपछि मदिरा पिउने बानी बसेको भाव गीतले प्रस्तुत गरेको छ ।

 

वेभ क्याफे युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा श्रेष्ठसंँगै मनराज गुरुङको पनि शब्द छ । दौतारी ब्याण्ड दमौलीमा आवद्ध मनराजले संगीत भरेको गीतमा  तनहुँकै गायक पवन राना मगरले स्वर दिएका छन् ।

 

मनराज गुरुङ र विजयकाजी थापाले निर्देशन गरेको म्युजिक भिडियोमा  विजयकाजी र सोनाली परिवारले अभिनय गरेका छन् ।