close

१५ फागुनदेखि बेल्टारमा मिनि गोल्डकप हुने

१५ फागुनदेखि बेल्टारमा मिनि गोल्डकप हुने

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको बेल्टारमा आगामी १५ फागुनदेखि तेश्रो मिनी गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । 

 

प्रतियोगितामा खोटाङ, सुनसरीसहित बेलका नगरपालिकाको लालिगुँरास, एकता क्लब, गाईघाटबाट फ्यूजन क्लब वोक्से-१०, बसाहा-११ र आयोजक समूह गरी कुल ८ वटा टीमले सहभागिता जनाउने जानकारी छन् ।

 

प्रतियोगितामा बिजेता समूहलाई नगद एक लाख ५० हजार उपलब्ध गराइने आयोजक समितिका सचिव पिटर राईले जानकारी दिए ।

 

नगरपालिकाले सञ्चालन गर्ने सबैभन्दा ठूलो राशीको प्रतियोगिताको पहिलो संस्करण २०७१ सालमा भुलिमाया स्मृति कपको आयोजना गरिएको थियो ।

 

प्रतियोगिताको प्रथम पुरस्काको राशी ५० हजार रुपैयाँ थियो भने उप विजेतालाई २५ हजार रुपैयाँ नगद पुरस्कार दिइएको थियो ।

 

प्रतियोगिताका लागि अनुमानित ८ लाख रुपैयाँ बजेट खर्च हुने र रकम स्थानीय स्तरबाट नै व्यवस्थापन गरिने आयोजकले जनाएको छ । 

 

प्रतियोगीताका लागि संकलित रकम मध्ये बचेको रकम ७ नं. वडाका स्थानीय बोनम्यारो रोगबाट पीडित लेखकुमार राईको उपचार्थ सहयोग प्रदान गरिने आयोजकले जनाएको छ ।