close

सरकारले माग्यो स्थानीय तहले गरेको शिक्षक दरबन्दी मिलान विवरण

सरकारले माग्यो स्थानीय तहले गरेको शिक्षक दरबन्दी मिलान विवरण

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– सरकारले जिल्ला भित्रका स्थानीय तहहरुमार्फत भएका शिक्षक दरबन्दी मिलानको पछिल्लो प्रगति पठाउन देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ ।

 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत सरकारले शिक्षा विकास तथा समन्वय इकाइलाई पत्र लेख्दै शिक्षक दरबन्दी मिलान सम्वन्धी आवश्यक सूचना समयमै उपलब्ध गराइदिन देशभरका स्थानीय तहहरुलाई भनेको छ ।

 

केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइहरुलाई विवरण पठाउने ढाँचा समेत दिएको छ । जस अनुसार इकाइहरुले सुरुमा सम्वन्धित स्थानीय तहको नाम लेख्नुपर्ने हुन्छ । त्यसपछि दरबन्दी मिलान गरेको मिति, माथिल्लो तहमा गणना हुने पुल दरबन्दी भएको–नभएको, माथिल्लो तहमा गणना हुने पुल दरबन्दी(प्रावि,निमावि र मावि) संख्या, हाल सम्म माथिल्लो तहमा गणना भएको पुल दरबन्दीको तहगत संख्या र माथिल्लो तहमा गणना गर्न बाँकी पुल दरबन्दीको संखया उल्लेख गर्नुपर्ने हुन्छ ।

 

यस्तै स्थानीय तहमा खुद दरबन्दी रहेको–नरहेको, स्थानीय तहबाट कट्टाभइ जाने खुद पुल दरबन्दीको तहगत संख्या, स्थानीय तहबाट कट्टा भइ अन्य स्थानीय तहमा गएको खुला पुल दरबन्दीको तहगत संख्या, स्थानीय तहबाट कट्टा हुन बाँकी खुद पुल दरबन्दीको तहगत संख्या र हाल सम्म पनि दरबन्दी मिलान समेत नभएको भए त्यसको कारण समेत खुलाइ केन्द्रमा विवरण पठाउनुपर्ने केन्द्रले जनाएको छ ।