close

४० वर्षमुनिका महिला विदेश भ्रमण जाँदा वडाको सहमति अनिवार्य

४० वर्षमुनिका महिला विदेश भ्रमण जाँदा वडाको सहमति अनिवार्य

Trulli
ADVERTISEMENT

काठमाडौं- ४० वर्षमुनिका महिला विदेश भ्रमणमा जाँदा परिवारको अनुमति र वडाको सिफारिस अनिवार्य गरिने भएको छ । मानव तस्करी, शोषण बढेकाले यसो गर्न लागिएको अध्यागमन विभागले जनाएको छ । 


अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाका लागि कार्यविधि संशोधन प्रस्ताव गरेको छ । विभागले अध्यागमन कार्यविधि, २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको हो ।

 

नयाँ कार्यविधिअनुसार ४० वर्षमुनिका महिला एक्लै विदेश जाँदा अब वडा कार्यालयको र पारिवारिक सहमति अनिवार्य चाहिनेछ ।

 

विभागले कार्यविधि संशोधन प्रस्ताव केही दिनअघि गृहमा पठाएको छ । गृहको कानुन शाखामा आवश्यक छलफल भई कार्यविधि चाँडै लागू हुने विभागले जनाएको छ ।

 

यस्तै, त्यसरी विदेश जाने महिलाका लागि १५ लाख रुपैयाँसम्मको निर्जीवन दुर्घटना बिमा अनिवार्य बनाउनुपर्नेछ ।


महिलाका लागि अहिले भिसा, पासपोर्ट, दुईतर्फी टिकट, होटल बुकिङलगायत अनिवार्य थियो । तर, त्यसरी गएर उतै काम खोज्ने र नयाँ भिसा बनाएर काम गर्ने गरेको पाइएको विभागले जनाएको छ ।

 

ण्४० वर्षमुनिका महिला परिवारका सदस्य वा श्रीमान्सँग भ्रमणमा जाँदा भने पालिकाको सिफारिस र बिमा अनिवार्य छैन ।