close

दोहोरो अंकले घट्यो नेप्से 

दोहोरो अंकले घट्यो नेप्से 

Trulli
ADVERTISEMENT

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । साताको तेस्रो दिनसम्म आइपुग्दा नेप्से लगातार तल झरेको हो । 

सोही क्रममा आज नेप्से २२।९१ ले ओरोलो लागेर एक हजार ५४६।१५ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.८४ ले ओरोलो लागेर ३०७.३९ मा पुगेको छ । कूल १९९ कम्पनीको ७८ लाख ५६ लाख ७८८ कित्ता शेयर  दुई अर्ब ८१ करोड २८ लाख ५६ लाख ५८४ रूपैयाँमा खरिद बिक्री भए ।

आज कारोवार भएका कूल १२ उपसमूहकै शेयर ओरोलो लागेको छ । बैंकिङ २२।३६, व्यापार २.१३, होटल १५.०६, विकास बैंक ४०.३, जलविद्युत् २४.९१, वित्त १२.४९, निर्जीवन बीमा ११२.६६, उत्पादन ३५.०४, अन्य ७.२२, लघुवित्त २३.२४, जीवन बीमा १०९.४७ र सामूहिक लगानी कोष ०.०८ ले ओरालो लागेको छ । कारोवारका आधारमा शिखर इन्स्योरेन्स शीर्ष स्थानमा छ ।