close

हरिनगरमा २ दिने निःशुल्क स्वास्थ्य शिविर

हरिनगरमा २ दिने निःशुल्क स्वास्थ्य शिविर

Trulli
ADVERTISEMENT

सुनसरी- सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर ६ स्थित घुस्कीको कासमिया मदरसामा २ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

 

केन्द्रीय सशस्त्र प्रहरी परिवार महिला संघ तथा प्रदेश १ सशस्त्र प्रहरी परिवार महिला संघको आयोजनामा २ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

 

नेपाल एपीएफ अस्पताल बलम्बु, बिर्तामोड डाइग्नोस्टिक एन्ड पोलिक्लिनिक धरान, हरिनगर गाउँपालिका, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घुस्की बजार व्यवस्थापन समिति हरिनगर, सुनसरी ओखती धरान र एनएमएचआरए विराटनगरको सहयोगमा शिविर सञ्चालन भएको हो ।

 

शिविरवाट हरिनगर गाउँपालिकालगायत घुस्कीका ७ सय ५२ जना महिला तथा पुरुषले स्वास्थ्य चेकजाँच गराए ।

 

शिविरमा आएका बिरामीले उपचारसहित निःशुल्क औषधीसमेत पाएको सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले जानकारी दिए ।

 

शिविरमा सशस्त्र प्रहरीकै आँखाका डा. मीना कुँवर जोशी, गाइनोका डा. सौजन्य कर्माचार्य, फिजिसियन डा. रोशनकुमार झा, इएनटीका डा. सुभाष विक, मेडिकल अफिसर डा. विगिसा बस्नेत, श्रीराम केसी र अर्जुनकुमार यादवले ७ सय ५२ जना सर्वसाधारणको चेकजाँच गरी निःशुल्क औषधी दिएको डा. रोशनकुमार झाले बताए ।

 

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले आयोजक संस्था र चिकित्सकलाई शिविर सञ्चालन गरेर गाउँपालिकाबासीलाई सेवा दिएकामा धन्यवाद दिए ।