close

भगिनी सम्बन्धमा गाँसिए हलेसी तुवाचुङ र पनौती नगर

भगिनी सम्बन्धमा गाँसिए हलेसी तुवाचुङ र पनौती नगर

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका र काभ्रेको पनौती नगरपालिकाबीचमा भगिनी सम्बन्ध स्थापना भएको छ । 

 

१० साउन २०७६ मा काठमाडौंको दक्षिणकाली नगरपालिकासँग भगिनी सम्बन्ध कायम राखेको हलेसी तुवाचुङले पनौतीसँग भगिनी सम्बन्ध गाँसेको हो ।

 

आ-आफ्नो क्षेत्रमा भएका नमुना कार्यको सिकाइ आदान-प्रदान गरी संस्थागत क्षमता अभिवृद्धिका साथै पारस्परिक लाभ प्राप्त गर्ने लक्ष्यका साथ हलेसी तुवाचुङका नगरप्रमुख इवन राई र पनौती नगरप्रमुख भीम न्यौपानेबीच ६ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध स्थापित गरिएको हो ।

 

सम्झौतापत्रमा हलेसी तुवाचुङका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागार्इं र पनौतीका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्लेले हस्ताक्षर गरे ।