close

आधारभूत अस्पतालको डीपीआर तयार पार्दै ऐँसेलुखर्क 

आधारभूत अस्पतालको डीपीआर तयार पार्दै ऐँसेलुखर्क 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको ऐँसेलुखर्क गाउँपालिका आधारभूत अस्पताल निर्माणका लागि डीपीआर निर्माणको तयारीमा जुटेको छ ।

 

१५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि गाउँपालिकाले डीपीआर निर्माणको तयारी थालेको हो ।

 

अस्पतालको डीपीआर तयार पार्न गाउँपालिकाले सार्वजनिक खरिद नियमावलीको प्रावधानबमोजिम प्रस्ताव पेस गर्न इच्छुक फर्म वा कम्पनीलाई आग्रह गरेको छ ।

 

१७ लाख २१ हजार रुपैयाँमा डीपीआर तयार पार्न १५ दिनभित्र प्रस्ताव पेस गर्न गाउँपालिकाले २२ माघमा सूचना जारी गरेको छ ।

 

आधारभूत अस्पतालको टोपोग्राफिकल सर्भे, इन्जिनियरिङ सर्भे, जियो टेक्निकल, साइट प्लानलगायत डीपीआर तयार पार्ने गरी प्रस्ताव आह्वान गरिएको ऐँसेलुखर्क गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले जानकारी दिए ।

 

खोटाङका १० स्थानीय तहमध्ये १५ मंसिरमा ऐँसेलुखर्कसँगै हलेसी तुवाचुङ नगरपालिका र जन्तेढुंगा गाउँपालिकामा १५ शय्याको तथा रावाबेँसी गाउँपालिकामा १० शय्याको अस्पताल भवन शिलान्यास गरिएको थियो ।


यस्तै, २३ मंसिरमा केपिलासगढी गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल भवन शिलान्यास गरिएको थियो ।

 

साकेला गाउँपालिकाको रतन्छा स्वास्थ्य चौकीलाई ५ शय्याको अस्पतालमा स्तरोन्नति गर्ने गरी बजेटको व्यवस्था गरिएको छ । त्यसका लागि सरकारले ७ करोड ११ लाख रुपैयाँ उपलब्ध गराउनेछ ।