close

गरिमा विकास बैंकको १४ औँ साधारणसभा सम्पन्न

गरिमा विकास बैंकको १४ औँ साधारणसभा सम्पन्न

Trulli
ADVERTISEMENT

काठमाडौं- गरिमा विकास बैंकको शुक्रबार १४ औँ साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले सेयरधनीलाई १३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश गरी कुल १४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

 

होटल पोखरा ग्रान्ड, पोखरामा साधारणसभाले संस्थापक सेयरधनीतर्फ सञ्चालकहरू श्यामप्रसाद बस्याल, डा. आनन्दप्रसाद श्रेष्ठ र दीपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण सेयरधनी समूहबाट विमल पाण्डे, सञ्जीव ढकाल र सरस्वती पाठकलाई निर्विरोध निर्वाचित गरेको बैंकले बताएको छ ।

 

साधारणसभा सम्पन्न भएपछि बसेको बैंकको सञ्चालक समिति बैठकले सञ्चालक श्यामप्रसाद बस्याललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । 

 

३ अर्ब २३ करोड ८६ लाख ८९हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको १४.२१ प्रतिशत बोनस सेयर वितरणछि चुक्ता पुँजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

 

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले हाल १ सय ६ शाखा र ५१ वटा एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।