close

बिउ उत्पादन तथा भण्डारण केन्द्र निर्माण गर्दै भोक्राहा

बिउ उत्पादन तथा भण्डारण केन्द्र निर्माण गर्दै भोक्राहा

Trulli
ADVERTISEMENT

विराटनगर- सुनसरीको भोक्राहा गाउँपालिकाको वडा नम्बर २ मा बिउ उत्पादन तथा भण्डारण केन्द्र निर्माण हुने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत भोक्राहामा बन्न लागेको बिउ स्रोत केन्द्रको शिलान्यास गरिएको हो । 

 

जिल्ला समन्वय समिति सुनसरीका प्रमुख गोपाल राजभण्डारीले शिलान्यास गरेको बिउ स्रोत केन्द्र भवन ६१ लाख ९ सय ८२ रुपैयाँ लागतमा निर्माण गर्न लागिएको हो । 


स्थानीयको लागत सहभागितामा निर्माण गर्न लागिएको बिउ स्रोत केन्द्रको स्थापनापछि किसानलाई फाइदा हुनेछ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुनसरीका कार्यक्रम संयोजक दीपेन्द्र पोखरेलका अनुसार बिउ स्रोत केन्द्रले स्थानीय किसानको उत्पादन खरिद गरी उन्न्नत बीउ उत्पादन गर्नेछ । 

 

भण्डारण गरिएको किसानको उत्पादनलाई ग्रेडिङपछि उन्नत जातको बिउबिजनका रूपमा तयार पारेर बिक्री वितरण गर्ने योजनाअनुरूप संरचना निर्माण थालिएको पोखरेलले बताए । 


उत्पादनको हिसाबले उर्बर र किसानको बाक्लो बसोबास रहेको क्षेत्रलाई लक्षित गरी भोक्राहामा पूर्वाधार निर्माण थालिएको परियोजना कार्यालय सुनसरीले जनाएको छ । बन्न लागेको संरचनाका लागि गाउँपालिकाले थप सहयोग उपलब्ध गराउनेछ ।