close

गोठबाट सुरु भएको स्वास्थ्य चौकी डेढ करोडको भवनमा

गोठबाट सुरु भएको स्वास्थ्य चौकी डेढ करोडको भवनमा

Trulli
ADVERTISEMENT

गुल्मी– गाउँमा स्वास्थ्यचौकी पर्नु नै गाह्रो थियो । स्वास्थ्यचौकी परे सञ्चालन गर्न मुस्किल पथ्र्यो । गुल्मीको चन्द्रकोट गाउँपालिका–७ को रुपाकोट स्वास्थ्यचौकी २०५२ सालमा स्थापना भयो । 


स्वास्थ्य चौकीले अर्काको गोठबाट सेवा प्रदान गर्न थाल्यो । केही समयपछि वडा कार्यालय भवनमा स¥यो । अहिले पनि वडा कार्यालयको साँघुरो कोठाबाट सेवा दिइरहेको छ । तर अब धेरैदिन गोठबाट कार्यालय चलाउनु पर्ने छैन ।

 

अब डेढ करोडको आफ्नै भवन निर्माण हुने भएको छ । सोमबार स्वास्थ्यचौकी भवनको गाउँपालिका प्रमुख द्रोर्णबहादुर खत्रीले शिलान्यास गरेसँगै गोठबाट सुरु भएको सेवा अब करोडको आफ्नै भवनबाट हुने भएको हो । स्वास्थ्यचौकी भवन एक वर्षभित्र बनिसक्नेछ । योसँगै स्थानीय खुसी भएका छन् । 


करिब २४ वर्ष स्वास्थ्य स्वयंसेविका भएर सेवा गरेकी दिपकला भण्डारीलाई अझ धेरै खुसी लागेको छ । ‘धेरै गाह्रो भोगेर आजसम्म आएका हौँ, राम्रोसँग खुट्टा पसारेर बैठक बस्न पाइदैनथ्यो,’ उनले भनिन्, ‘अहिले आफ्नै डेढ करोडको भवन बन्न लाग्दा खुसी नहुने कुरै भएन ।’


पाँच रोपनी जग्गा दान पाएपछि भवन सम्भव


भवन बनाउने निर्णय भएपनि आवश्यकता बमोजिमको जग्गा नपाउँदा लामो समयदेखि भवन निर्माण भएको थिएन । तर स्थानीय ताराप्रसाद भण्डारी र मोतीप्रसाद भण्डारीले ५ रोपनी जग्गा दान गरेपछि भवन निर्माण कार्यले मूर्त रूप लिएको हो ।

 

रुपाकोटमा घर भई हाल बेलायतमा बस्दै आएका भण्डारीद्वयले ७ लाख रुपैयाँमा जग्गा खरिद गरी स्वास्थ्यचौकी निर्माणको लागि जग्गा दान गरेका हुन् ।