close

रास्कोटका नगरप्रमुख ओली खेमातिर

रास्कोटका नगरप्रमुख ओली खेमातिर

Trulli
ADVERTISEMENT

कालीकोट– कालीकोटका ९ वटै स्थानिय तहका जनप्रतिनिधिमध्ये रास्कोट नगरपालिका प्रमुख काशिचन्द बराल प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको नेकपा खेमामा लागेका छन् ।


तत्कालीन नेकपा माओवादी केन्द्रबाट नगरप्रमुखमा विजयी भएका बरालसहित दर्जनौँ नेता/कार्यकर्ता ओली नेतृत्वको नेकपामा लागेका हुन् । रास्कोटका नगरप्रमुख बराल ओली खेमामा लागेपछि गाउँ–गाउँमा पुष्पकमल दाहाल–माधव नेपाल नेकपा खेमा खुम्चिँदै गएको छ । 


पाटीको आन्तरिक विवादपछि विभाजित नेकपाका दुवै खेमामा नदेखिएका नगरप्रमुख बरालले एकाएक ओली नेकपाको केन्द्रीय सदस्यको जिम्मा पाएका छन् ।


नगरप्रमुख बरालले काठमाडांैमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओली, महासचिव विष्णु पौड्यालसँगको छलफलपछि ओली समूहमा लागेको बताए । उनले भने, औपचारिक रूपमा मात्र घोषणा हुन बाँकी छ । अरू सबै तलदेखि माथिसम्मका कार्यकर्ता हाम्रो खेमामा आउँदै छन् ।’