close

महानगरको मिर्गौला बचाऔँ अभियान : ६ महिनासम्म निःशुल्क मिर्गाैला परीक्षण गरिँदै

महानगरको मिर्गौला बचाऔँ अभियान : ६ महिनासम्म निःशुल्क मिर्गाैला परीक्षण गरिँदै

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिकाले नगरभित्रका सबै नागरिकको निःशुल्क मिर्गाैला परीक्षण गर्ने भएको छ । बुधबारदेखि ६ महिनाासम्म निःशुल्क मिर्गाैला परीक्षण गर्न लागेको महानगरपालिकाले जनाएको छ ।


काठमाडौं महानगरपालिका र मिर्गाैला बचाऔँ अभियानले संयुक्त रूपमा कार्यक्रम गर्न लागेका हुन् । आगामी ६ महिनासम्म महानगरका ३२ वटै वटाका नागरिकको निःशुल्क मिर्गौला परीक्षण गरिनेछ ।


महानगरभित्र बसोबास गर्नेहरूले वडास्थित सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा गएर पिसाबको प्रारम्भिक परीक्षणमार्फत जाँच गराउन सक्ने महानगरपालिकाको जनस्वास्थ्य विभागले सूचना प्रकाशित गर्दै जानकारी दिएको हो । 

 

‘समयमै आफ्नो मिर्गौला स्वास्थ्य अवस्था परीक्षण गरौँ, स्वस्थ मिर्गौला स्वस्थ्य काठमाडौं कार्यक्रम सफल पारौँ’ नाराका साथ परीक्षण गर्न महानगरको जनस्वास्थ्य विभागले सूचना प्रकाशित गर्दै ‘स्वस्थ मिर्गौला स्वस्थ काठमाडौं’ कार्यक्रमअन्तर्गत अभियान अघि बढाएको हो ।