close

विद्यालय तहमा सहयोगी सामग्री लेखन विज्ञ : केन्द्रले माग्यो आवेदन

विद्यालय तहमा सहयोगी सामग्री लेखन विज्ञ : केन्द्रले माग्यो आवेदन

Trulli
ADVERTISEMENT

काठमाडौं- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय तहका सहयोगी सामग्री लेख्ने विज्ञ छनोटका लागि आवेदन मागेको छ । केन्द्रले सूचना प्रकाशित गर्दै ७ दिनभित्र योग्यता पुगेका नागरिकबाट आवेदन माग गरेको हो ।


कक्षा ११ को अनिवार्य अंग्रेजी, नेपाली र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका खुला शिक्षातर्फका स्वाध्ययन सामग्री र अनौपचारिक शिक्षा तथा जीवनपर्यन्त सिकाइअन्तर्गत राष्ट्रिय योग्यता प्रारूपमा उल्लेख भएबमोजिमका विषयगत नमुना सिकाइ सामग्री तयार गर्न विज्ञसूची छनोट गर्न लागिएको हो ।


आधारभूत तहको सामग्री लेखनका लागि सम्बन्धित विषयमा न्यूनतम स्नातक तह उत्तीर्ण र कक्षा ११ को हकमा न्यूनतम स्नातकोत्तर उत्तीर्ण गरी सो विषयको प्राध्यापक वा पाठ्यक्रम विज्ञ वा सम्बन्धित विषयको लेखक वा शिक्षक वा मूल्यांकनकर्ता अथवा अनौपचारिक शिक्षा तथा खुला विद्यालय शिक्षा विषयको विज्ञ हुनुपर्ने सर्त राखिएको छ ।