close

धनकुटाका १२४ जनप्रतिनिधिले लगाए कोरोनाविरुद्धकाे खोप

धनकुटाका १२४ जनप्रतिनिधिले लगाए कोरोनाविरुद्धकाे खोप

Trulli
ADVERTISEMENT

धनकुटा- धनकुटाका स्थानीय जनप्रतिनिधिले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप अभियाको पहिलो चरण अन्तर्गत दोस्रो प्राथमिकतामा परेका धनकुटाका १२४ जनप्रतिनिधिले खोप लगाएका हुन् ।

 

२ फागुनदेखि ६ गतेसम्म सञ्चालन भएको कोरोना खोप अभियानमा स्थानीय जनप्रतिनिधिसहित १ हजार २१५ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसीप्रसाद गुरागाईँले जानकारी दिए ।

 

उनका अनुसार पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका सञ्चारकर्मी, स्थानीय जनप्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलगायतलाई खोप प्रदान गरिएको छ ।

 

सरकारले १४ माघदेखि देशभर कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । 

 

नेपालमा अक्स्फोर्ड-एस्ट्राजेनेकाले विकास गरेको र भारतले उत्पादन गरेको कोभिसिल्ड खोप आपतकालिन प्रयोग भइरहेको हो ।