close

गरिमा विकास बैंकका दुई योजना सार्वजनिक

गरिमा विकास बैंकका दुई योजना सार्वजनिक

Trulli
ADVERTISEMENT

काठमाडौं- राष्ट्रिय स्तरको गरिमा विकास बैंकले कर्जा प्रवाह रणनीतिलाई थप विस्तार गरेर न्यूनतम वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ‘गरिमा सजिलो अटो लोन’ सार्वजनिक गरेको छ ।

 

यो सुविधाअन्तर्गत बैंकले खरिद मूल्यको ८० प्रतिशतसम्म अधिकतम १० वर्षका लागि कर्जा प्रवाह गर्न सक्नेछ । सवारी चढ्ने सपना पुरा गर्न ‘गरिमा सजिलो अटो लोन’ प्रभावकारी हुने बैंकले बताएको छ । 

 

हाल बैंकले ३५ जिल्लामा १ सय ६ शाखा र ५१ एटिएमबाट बैंकिङ सुविधा दिँदै आएको छ ।


‘मेरो सेयर बचत खाता’ 


गरिमा विकासले सेयर मार्केटलाई साधारण जनताको पहुँचसम्म पुर्‍याउन ‘मेरो सेयर बचत खाता’ सार्वजनिक गरेको छ ।

 

यो खाता ग्राहकले न्यूनतम ५ सय रुपैयाँमा खोली निःशुल्क डिम्याट खाता र निःशुल्क सी-आस्बा सुविधा लिन सक्नेछन् । पहिला नै डिम्याट खाता हुने ग्राहकले पनि यो खाता खोलेर निःशुल्क सी-आस्बाको सुविधा लिन सक्ने बैंकले बताएको छ । 

 

बैंकले कोभिड-१९ महामारीका कारण अर्थतन्त्र शिथिल भएपछि लगानीमा बचतको ब्याजदरमा कमी आएकाले बैंकले ‘मेरो सेयर बचत खाता’ मा ५.५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।

 

जनमानसमा सेयरप्रतिको बढ्दो लोकप्रियतालाई दृष्टिगत गरी सरल तवरले डिम्याट खाता खोल्ने सुविधा प्रदान गर्न सहयोग पु¥याउने यो खाताको मुख्य उद्देश्य रहेको बैैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।