close

फुङलिङ नगरपालिकाले गर्‍याे सधैँ साँचो बोल्नेसहित १० बुँदे संकल्प

फुङलिङ नगरपालिकाले गर्‍याे सधैँ साँचो बोल्नेसहित १० बुँदे संकल्प

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको फुङलिङ नगरपालिकाले सबै सरोकारवाला समयपालक तथा सधैँ साँचो बोल्नेसहितका १० बुँदे संकल्प प्रस्ताव पारित गरेको छ ।

 

आवधिक योजना तय गर्न ७ दिनसम्म चलेको नगर कार्यपालिकाको बैठकले प्रस्ताव पारित गरेको हो ।

 

बैठकले वित्तीय अनुशासन र पारदर्सिताको सुनिश्चितता, उत्तरदायीपूण, सकारात्मक दृष्टिकोणको विकास र प्रयोग गर्ने, नगरपालिकाका बासिन्दाको विश्वास आर्जन गर्ने लगायतका संकल्प पारित गरेको नगरप्रमुख छत्रपति प्याकुरेलले जानकारी दिए ।

 

त्यस्तै जनप्रतिनिधि, कर्मचारी र नगरका बासिन्दाबीच त्रिपक्षीय नगर विकास संवाहक तथा सेवक साझेदारी गर्ने संकल्प प्रस्ताव समेत पारित भएको छ ।

 

सबै प्रकारका विकास निर्माण तथा सेवा प्रवाहका विषयवस्तुलाई सूचना प्रविधिसँग आबद्ध गर्ने, सीपको विकास, क्षमता र दक्षता बमोजिमको उपार्जनमा सधैँ संलग्न हुने संकल्प गरिएको प्रमुख प्याकुरेलले बताए ।