close

दूधौलीमा जंगली हात्तीको वितण्डा

दूधौलीमा जंगली हात्तीको वितण्डा

Trulli
ADVERTISEMENT

सिन्धुली– सिन्धुलीको दूधौली नगरपालिकामा जंगली हात्तीले मानव बस्तीमा प्रवेश गरी घर भत्काउन थालेका छन् । हात्तीले घर भत्काउनुका साथै त्यहाँभित्रका लत्ताकपडा, भाँडावर्तन, अन्नपात नष्ट गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् । नजिकै रहेको जंगलबाट ३ वटा हात्ती मानव बस्तीमा प्रवेश गर्दा स्थानीय त्रसित भएका हुन् ।


जंगली हात्तीले सोमबार ४ जनाको घर भत्काउनुका साथै लत्ताकपडा, भाँडावर्तन, अन्नपातसमेत नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोषकुमार पोख्रेलले जानकारी दिए ।


जंगली हात्तीले दूधौलीको वडा नम्बर ६ का जीतबहादुर माझी, दिर्गाबहादुर बुढाथोकी, रुद्रबहादुर कार्की र रामप्रसाद बरालको घर भत्काएको उनले बताए । हात्तीले घर भत्काउँदा जीतबहादुरको ५ लाख, दिर्गाको १ लाख २० हजार, रुद्रबहादुरको ४० हजार र रामप्रसादको १ लाख ४० हजार बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक तथ्यांक
छ ।


त्यस क्षेत्रमा बस्तीमै प्रवेश गरी क्षति पु¥याउन थालेपछि हात्तीको गतिविधिबारे निगरानी बढाइएको पोखे्रलले बताए । ‘प्रहरी टोली परिचालन गरेर जंगली हात्ती मानव बस्तीमा प्रवेश गर्न थाले स्थानीयलाई खबर गर्ने र समूहमा आबद्ध भई भगाउने काम सुरु गरेका छौँ’, पोख्रेलले भने ।