close

ताम्राकार आगँछेँको पुनर्निर्माण सुरु

३३ लाख लागत, १० प्रतिशत जनसहभागिता 

ताम्राकार आगँछेँको पुनर्निर्माण सुरु

३३ लाख लागत, १० प्रतिशत जनसहभागिता 

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं महानगरपालिकाले ताम्राकार आगँछेँको पुनर्निर्माण गर्ने भएको छ । ३३ लाख रुपैयाँ लागतमा सो आगँछेँको पुनर्निर्माण गर्न लागिएको काठमाडाैं महानगरपालिकाले जनाएको छ । मंगलबार काठमाडौं महानगर प्रमुख विद्याशुन्दर शाक्यले आगँछैँको शिल्यान्यास गरे ।

 

गुठीयारले धानेको परम्परालाई सरकार सहभागी भएर विस्तार गर्न लागेको नगरप्रमुख शाक्यले जानकारी दिए । सम्पदा बचाउन जनस्तरबाट आएका सबै माग महानगरले ग्रहण गरेर मर्मत, सम्भार र पुनर्निर्माणका लगानी गरिरहेको उनले जानकारी दिए । 


‘वडा नम्बर २० मा धेरै सम्पदा छन् । तिनलाई जोगाउने कामलाई वडाले पहिलो प्राथमिकता साथ अघि बढाएको छ’, वडाध्यक्ष राजेन्द्र मानन्धरले भने । ७०५.४ वर्गफिट क्षेत्रफलमा निर्माण हुने आगँछेँ ३ तलाको हुनेछ । 


आगँछेँमा शक्ति (महिला र पुरुष आलिंगन गरिरहेको देवताको मूर्ति) लाई मूल देवताका रूपमा पुज्ने गरिन्छ । यहाँ भगवान् चोक आसपास बस्ने १८ परिवार ताम्राकारले नित्य पूजा र दसैँमा विशेष पूजा गर्छन् ।

 

यस्तै, परिवारका सदस्यहरूको जन्मदिनमा पनि पूजाआराधना हुने गर्छ । आगँछेँमा कुमारी, गणेशलगायतका देवताको मूर्ति पनि रहनेछन् । भैरवको मूर्तिलाई भने पारंगतले मात्र हेर्न पाउने व्यवस्था छ । यहाँ हुने सबै पूजा गुप्त रूपमा गरिन्छ ।