close

जनप्रतिनिधि, कर्मचारी र युवा भेला पारेर गल्याङको तालिम

जनप्रतिनिधि, कर्मचारी र युवा भेला पारेर गल्याङको तालिम

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको गल्याङ नगरपालिकामा स्थानीय आर्थिक विकाससम्बन्धी ३ दिने तालिम मंगलबारबाट सुरु भएको छ । गल्याङ नगरपालिकाको आयोजना तथा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको सहजीकरणमा तालिम सुरु भएको हो ।

 

तालिम उद्घाटन गर्दै गल्याङ नगरप्रमुख भूपराज अधिकारीले कृषि र पर्यटनको माध्यमबाट नगरको विकास गर्ने अभियान सुरु भइसकेको बताए । कृषि क्षेत्रले मात्रै स्थानीय जनताको आयआर्जनमा टेवा पुग्ने हुँदा पशुपालन र कृषिलाई जोड दिइएको उनको भनाइ छ । 

 

नगरप्रमुख अधिकारीले भने, ‘विकासका लागि सडक र पूर्वाधार भएर मात्रै हुँदैन । स्थानीयको आयआर्जन बढाउन सके मात्रै विकास सम्भव हुन्छ ।’


दूध किनेर खानुपर्ने अवस्था रहेको नगरपालिकामा अहिले दैनिक २ हजार लिटर दूध निर्यात हुने अवस्थामा पुगेको र अर्को वर्षसम्म दैनिक १० हजार लिटर दूध उत्पादन गरिने उनले जानकारी दिए । गल्याङभित्रका १० हजार युवालाई रोजगारी तथा स्वरोजगार बनाउने योजना रहेको उनको भनाइ छ ।

 

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले स्थानीय क्षेत्रको विकासका लागि यस्ता तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘गल्याङको विकासका लागि आवश्यकताको पहिचान गरी कार्यान्वयन गर्न तालिमले भूमिका खेल्नेछ’, उनले भने । 

 

बिहीबार सम्म चल्ने तालिममा गल्याङ नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र व्यवसायी युवा सहभागी छन् ।