close

देउता बनाउनेकै जीवन गोलमाल (भिडियो खबर)

देउता बनाउने देउता नै उपेक्षामा

देउता बनाउनेकै जीवन गोलमाल (भिडियो खबर)

देउता बनाउने देउता नै उपेक्षामा

ADVERTISEMENT

डडेलधुरा- देवीदेवताको मूर्ति बनाउने मूर्तिकार भनेर चिनिएलान् । तर, धेरैले भगवान् बनाउने अर्को भगवान् पनि भन्छन् । भगवान्को स्वरूप सृष्टि गर्ने मूर्तिकार देवताभन्दा कम छैनन् । त्यसमाथि आकारअनुसारको शालिक निर्माण गर्ने उनीहरूको सिप साँच्चिकै लोभलाग्दो छ ।

 

सीप, ज्ञान हुनेले मात्र गर्न सक्ने यो कला विश्वभर नै प्रख्यात छ । तर, नेपालमा भने यही पेसा गर्नेहरू उपेक्षामा छन् ।  न श्रमको मूल्यांकन, न त उचित सहयोग नै । देवता बनाउन सक्ने क्षमता भएका कलाका देवता यही सम्मान नपाउँदा अहिले चिन्तित छन् । 

 

मूर्ति बनाउने सुरेन्द्रबहादुर साँकी बिहान उठेदेखि छाप्रोमा पुग्छन् । डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ८ लटाउली गाउँमा सडक छेउ टिनको छाप्रोमा बसेर उनी काम गर्छन् । कापी, काठ र माटोमा चित्र कोर्दै आएका साँकी अहिले पनि त्यही पेसामा लागेका छन् ।

 

उनी भगवान् बनाउने भगवान् हुन्, जसले कल्पनाको भरमा मानिसको मानसपटलमा भगवान्को स्वरूप बनाएर त्यसलाई उतार्छन् । उनले कति शिव, गणेश, हनुमान बनाए, उनैलाई थाहा छैन । तर, अहिले यसरी बनाइएका मूर्तिले बजार पाउन नसकेको मूर्तिकार सुरेन्द्रबहादुर साँकीको गुनासो छ ।

 

कुनै समय सुदूरपश्चिम प्रदेशभरि मूर्ति बनाउने यिनै हुन्, साँकी । उनले अहिले बजार नपाउनुको मुख्य कारण भनेको नै पेसाप्रतिको बेवास्ता हो । कुनै पनि निकायले आफ्नो पेसालाई सम्मान नगर्दा ओझेल परेको दुखेसो सुरेन्द्रबहादुर साँकीको छ ।


सडक छेउमा सानो टिनको छाप्रोमा लाखौँका मनका देवीदेवताका मूर्र्ति छन् । तर, यहाँ सबैको नजरै पर्दैन । स्थानीय सरकारले उनको पेसालाई नचिन्दा पेसाबाटै विस्थापित हुनुपर्ने अवस्था आएको मूर्तिकार सुरेन्द्रबहादुर साँकी सुनाउँछन् ।

 

साँकीजस्तै गुनासो बोकेका अरू पनि थुप्रै मूर्तिकार छन् । उनीहरूको पनि दुखेसो यही नै हो । अहिले नागरिकको सहयोगी भनेको नजिकको स्थानीय सरकार हो । उसले पनि केही नगरेको गुनासो मूर्तिकारको छ । तर, नगरपालिकाको वडा नम्बर ८ का वडाध्यक्ष नरबहादुर साँकीले बताए ।