close

समुदाय र प्रहरीबीच संवाद चलाउँदै राप्ती गाउँपालिका

समुदाय र प्रहरीबीच संवाद चलाउँदै राप्ती गाउँपालिका

Trulli
ADVERTISEMENT

दाङ- राप्ती गाउँपालिकाले प्रहरी-नागरिक सम्बन्धलाई थप बलियो प्रहरी-नागरिकबीच संवाद अभियान सुरु गरेको छ । यो अभियानलाई अधिकार संरक्षण, प्रवर्द्धन एवं विकासमार्फत सामाजिक न्याय, कानुनी राज्य र असल शासन स्थापनामा सक्रिय मधेस मानव अधिकारगृह माहुरी होमको साथ रहेको छ ।

 

राप्ती गाउँपालिकास्थित इलाका प्रहरी कार्यालयका प्रमुख तथा मेलमिलापकर्ता, निगरानी समूह, लैंगिक हिंसामा परेका नागरिक तथा न्यायिक समिति, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रतिनिधिबीच वडा नम्बर ३ को सिरीचौर समुदायमा संवाद गरिएको हो । 

 

न्याय र सुरक्षाका क्षेत्रमा नागरिक र प्रहरीलाई उत्तरदायी बनाउने उद्देश्यले संवाद कार्यक्रम आयोजना गरिएको माहुरी होमकी सहजकर्ता पुष्पा बन्जाडेले जानकारी दिइन् । 

 

राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख भुवन भट्टलगायतले सहभागीले कार्यक्रममा उठाएका विषयवस्तुमाथि प्रकाश पारेका थिए ।

 

न्याय र सुरक्षासँग सम्बन्धित सवालमा सुरक्षा निकायबाट भएका राम्रा र नराम्रा पहल, न्याय र सुरक्षामा समुदायले गरेको सहयोग, सुरक्षा र न्याय क्षेत्रमा रहेका समस्यालगायत विषयमा छलफल गरियो ।
 

कार्यक्रममा समुदायले बढीजसो कुन सवालमा प्रहरीलाई सहयोग गर्ने, न्याय र सुरक्षामा सरोकारवाला निकाय प्रहरी, न्यायिक समितिको भूमिकाको समीक्षा, सरोकारवालाको सहकार्यलगायत विषयमा छलफल गरी समाधान निकाल्न कार्यक्रम आयोजना गरिएको हो ।