close

मेयर व्याञ्जु स्थानीय सरकारको विश्वव्यापी नेटवर्क अध्यक्षमा निर्वाचित 

मेयर व्याञ्जु स्थानीय सरकारको विश्वव्यापी नेटवर्क अध्यक्षमा निर्वाचित 

Trulli
ADVERTISEMENT

काठमाडौं– संयुक्त राष्ट्रसंघको मान्यताप्राप्त विश्वभरका स्थानीय सरकारहरुको साझा संस्थाको एशिया क्षेत्रिय अध्यक्षमा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्यञ्जु निर्वाचित भएका छन् । 


स्थानीय सरकार तथा विज्ञसहित विश्वभर २ लाख ४० हजार सदस्य रहेको युनाईटेड सिटिज लोकल गर्भमेण्ट्स एशिया प्यासिफिक संस्थाको साउथ एण्ड साउथइष्ट एशियाको अध्यक्षमा आगामी ३ वर्षका लागि व्याञ्जु निर्वाचित भएका हुन् । 

 

व्याञ्जुका अनुसार यो संस्था स्थानीय सरकारको सवलीकरणमा कार्यरत छ । निर्वाचित गरेको भन्दै व्यञ्जुले विश्वभरका स्थानीय सरकारका प्रतिनिधिलाई धन्यवाद दिएका छन् । 


स्थानीय सरकारको विश्वकै सबैभन्दा ठूलो नेटवर्क मानिएको यो संस्थाले शहरी संस्कृति, सभ्यता, पूर्वाधार विकास, आप्रवासन, स्थानीय सरकारको स्वायत्तता र शहरीकरण लगायतका मुद्दामा चासो राख्दै आएको छ ।