close

लोप हुन लागेका ९ वटा ताल संरक्षणमा पोखरा महानगरको चासो

लोप हुन लागेका ९ वटा ताल संरक्षणमा पोखरा महानगरको चासो

Trulli
ADVERTISEMENT

पोखरा– पोखरा ९ तालको सहर हो । अधिकांशलाई फेवाताल र वेगनास बाहेक अरु तालका बारेमा जानकारी नहुन सक्छ । यहाँ सुन्दर रुपा ताल छ । त्योसँगै दिपाङ, खास्टे, न्युरेनी, गुँदे, मैदी र कमल ताल पनि पोखरा महानगरभित्रै पर्छ । 


तर फेवा, वेगनास र रुपाबाहेक सबैजसो ताल अस्तित्व गुमाउने अवस्थामा छन् । तालमा पानी भन्दा जमिन बढी छ । यी तालहरुको संरक्षणमा पोखरा महानगर जुटेको छ । तालहरुको संरक्षणका लागि दीर्घकालीन योजना बन्न नसकेको गुनासो चौतर्फी छ । त्यसैले २ महिनाअघि सबै तालको सिमांकन तथा नक्सांकन र मापदण्ड सम्बन्धि अध्ययन समिति गठन गरेको थियो । समितिले विज्ञहरुसँग छलफल गरेको छ । 


छलफलमा प्रतिनिधिसभा सांसद खगराज अधिकारीले तालको संरक्षणका लागि एकीकृत संरक्षण योजना आवश्यक रहेको बताए । उनले मापदण्ड कायम गर्दा जनतालाई दुख नहुने गरी बनाउन सुझाए । तालको मापदण्ड १ सय मिटर बनाउनुपर्ने राष्ट्रिय ताल विकास बोर्डले यसअघि नै निर्णय गरेको थियो । तर त्यो मापदण्ड व्यवहारिक नहुने जग्गाधनीहरुको गुनासो छ । 


पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले निर्मम भएर सम्पदा संरक्षणमा लाग्ने प्रतिवद्धता जनाए । ‘ताल हाम्रो प्रमुख गहना हो । यसलाई जोगाउन सके मात्रै पर्यटक आउँछन्,’ उनले भने, ‘ताल पनि नमासिने, जनता पनि नआत्तिने योजनाका साथ तालको संरक्षण गर्छौं ।’ 


समितिका संयोजक डा. सोमनाथ सापकोटाले हालको अवस्था प्रस्तुत गरे । समितिले १ महिनाभित्रै प्रतिवेदन बुझाउने उनको भनाइ छ । लेखनाथ क्षेत्रका तालहरु सुक्ने र पुरिने गर्दा लोप हुने अवस्थामा पुगिसकेका छन् । समितिले प्रतिवेदन दिएपछि संरक्षणका काम अघि बढ्ने पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख तथा समितिका सदस्य सचिव अशोक सुनारले जानकारी दिए ।