close

मेरिङ्देनका महिलालाई सुन्दरी बनाउने तालिम दिइँदै

मेरिङ्देनका महिलालाई सुन्दरी बनाउने तालिम दिइँदै

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले पालिकाभित्रका सबै वडाका १–१ जना महिलालाई ३ महिने ब्युटिपार्लर तालिम दिने भएको छ । वडा तहमै ब्युटिपार्लर सेवा सञ्चालनको उद्देश्य राखेर पालिकाले चालू आर्थिक वर्ष २०७७/७८ को स्वीकृत वार्षिक कार्यक्रमबाट यस्तो तालिम दिन लागिएको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले जानकारी दिए ।

 

थिङ्लाबु, सान्थाक्रा, खाम्लुङ, लिङ्तेप, थुकिमा र नाल्बु गरी ६ वटा वडा रहेको पालिकाका प्रत्येक वडाका १–१ जना गरी ६ जनालाई यस्तो तालिम दिन लागिएको हो । गाउँपालिकाले इच्छुकलाई शैक्षिक योग्यतासमेत तोकेर तालिमका लागि दरखास्त दिन आह्वान गरेको छ ।

 

प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बेका अनुसार तालिम लिन इच्छुकले निवेदनका साथ कम्तीमा एसईई वा एसएलसी सोसरह उत्र्तीण प्रमाणपत्रको प्रतिलिपि र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ ।

 

प्राप्त आवेदनमध्ये छानबिन गरी कार्यपालिकाले वडागत रूपमा कम्तीमा १ जना हुने गरी ६ जना तालिम प्रशिक्षार्थी छनोट गरिने प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बेले बताए ।