close

कपिलवस्तुको बाँसखोरमा आगलागी हुँदा ५ कच्ची घर जले 

कपिलवस्तुको बाँसखोरमा आगलागी हुँदा ५ कच्ची घर जले 

Trulli
ADVERTISEMENT

कपिलवस्तु– कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ८ बाँसखोरमा आगलागी हुँदा ५ घर जलेर नष्ट भएका छन् ।


सोमबार राती ८ बजे सुरु भएको आगलागीमा मानमती बढई, राम किशुन बढई, तिलकराम मुराउ, सोमई तेली र लालजीको कच्ची घर जलेर नष्ट भएको सशस्त्र प्रहरी बल २८ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक ध्रुवबहादुर कार्कीले बताए । 

 

आगलागीका कारण गहना, लत्ताकपडा तथा खाद्यान्न गरी करिब १६ लाख ५० हजार रुपैयाँको क्षति भएको अनुमान छ । घटनामा कुनै मानविय क्षती भएको छैन । आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी र कपिलवस्तु नगरपालिकाको दमकलले २ घन्टाभित्र नियन्त्रण लिएको थियो । सोमबार दिउँसोदेखि नियमित रूपमा हावा चल्दा वाणगंगा र शिवराज नगरपालिकाको वन क्षेत्रमा समेत आगलागी भएको थियो ।