close

कर्णालीका ९ जिल्ला कोरोना संक्रमणमुक्त 

कर्णालीका ९ जिल्ला कोरोना संक्रमणमुक्त 

Trulli
ADVERTISEMENT

मुगु– कर्णाली प्रदेशका १० मध्ये ९ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् । कर्णालीको सुर्खेतबाहेक सबै जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमित नरहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको हो । 


मंगलबारसम्म मुगुसहित कर्णालीका दैलेख, कालीकोट, जुम्ला, हुम्ला, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र सल्यानमा कोरोना संक्रमण शून्यमा झरेको बताइएको छ । 


मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले सुर्खेतमा ११ सक्रिय संक्रमित रहेको जनाएको छ । हालसम्म सुर्खेतमा ३ हजार २ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ ।


दैलेखमा १ हजार ६ सय ८५, सल्यानमा ६ सय ९३, जुम्लामा ४ सय २३, कालीकोटमा ३ सय ३३, रुकुम पश्चिममा २ सय ५७, जाजरकोटमा १ सय ५९, हुम्लामा ६१, मुगुमा ४१ र डोल्पाका ४४ जनामा संक्रमण देखिएको थियो । 


प्रदेशमा हालसम्म ७ हजार ५ सय ५४ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ७ हजार ३ सय ८१ संक्रमणमुक्त भएका हुन् । कर्णालीमा संक्रमण पुष्टि भएका ३१ जनाको मृत्यु भएको छ भने २६ हजार ९ सय ९० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् ।