close

धरान खानेपानी संस्थान बोर्डमा गाभियो 

धरान खानेपानी संस्थान बोर्डमा गाभियो 

Trulli
ADVERTISEMENT

सुनसरी– खानेपानी सेवालाई व्यवस्थित, गुणस्तरीय तथा सुलभ बनाउने उद्देश्यले बुधबारबाट धरान खानेपानी व्यवस्थापन बोर्डले धरानको खानेपानी संस्थानलाई गाभेको छ ।

 

धरान खानेपानी व्यवस्थापन बोर्डमा नेपाल खानेपानी संस्थानको धरान शाखाको सम्पत्ति, दायित्व र जिम्मेवारी हस्तान्तरण गरिएको व्यवस्थाको जानकारीसहितको पत्र पठाएको पत्रकार सम्मेलनमार्फत धरान उपमहानगर प्रमुख तिलक राईले जानकारी गराएका हुन् । 

 

१७ फागुनदेखि बोर्डले धरानको सम्पूर्ण उपभोक्तालाई खानेपानी आपूर्ति गर्ने गरी संस्थानको सम्पत्ति, दायित्व र जिम्मेवारी बोर्डमा हस्तान्तरण गरिएको थियो । बोर्डमा संस्थानको सम्पत्ति, दायित्व र जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण भएको धरान उमहानगर प्रमुखसमेत रहेका बोर्ड अध्यक्ष तिलक राईले बताए ।

 

समायोजनपछि धरानेबासीले खानेपानीको न्यूनतम शुल्क १ सय ३० रुपैयाँ तिर्नुपर्नेछ । हाल धरानमा सुक्खा मौसम सुरु भएसँगै पानीको भूमिगत स्रोत प्रयोग गरेर खानेपानी व्यवस्थापन हुँदै आएको छ ।

 

धरानको चारकोसे झाडीमा आयोजनाको ४ वटा ट्युबबेलबाट ७० लाख लिटर पानी र संस्थानका ४ वटै ट्युबबेलबाट ५३ लाख लिटर पानी प्रतिदिन उत्पादन भइरहेको धरान खानेपानी व्यवस्थापन बोर्डका निर्देशक तथा इन्जिनियर राजु पोखरेलले बताए । 

 

धरानको वडा नम्बर १७ स्थित उदय सामुदायिक वन क्षेत्रभित्रको ट्युबबेलबाट पनि ३० लाख लिटर पानी प्रतिदिन उत्पादन भइरहको पोखरेलको भनाइ छ ।