close

श्रीमतीले श्रीमान् बोक्ने, गाउँपालिका पैसा रोक्ने ! (भिडियो खबर)

श्रीमतीले श्रीमान् बोक्ने, गाउँपालिका पैसा रोक्ने ! (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) वडाको नयाँ भवन

 

जाजरकोटको नलगाड नगरपालिका–१० स्थित रावतगाउँमा वडा कार्यालयको भवन निर्माण सम्पन्न, नवनिर्मित भवनको नगरप्रमुख टेकबहादुर रावलले गरे उद्घाटन ।

 

२) विपन्नले बल्ल पाए ओत


पाल्पाको रामपुर नगरपालिका–५ मा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत ६० वर्षभन्दा माथिका वृद्ध, असहाय तथा विपन्न नागरिकलाई ब्ल्यांकेट वितरण, ब्ल्यांकेट पाउँदा स्थानीय दंग । 


३) अध्यक्षलाई कारबाहीको माग गर्दै कार्यालय बन्द


धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतको गाडीबाट ८ लाख रुपैयाँ घुस रकम बरामद भएपछि स्थानीयवासी आन्दोलनमा, गाउँपालिका कार्यालयमा तालाबन्दी । 


४) निर्णय सच्याउन कर्मचारीको माग


सप्तरीको रुपनी गाउँपालिकाको विभिन्न शाखामा कार्यरत कर्मचारीलाई पालिकाले सरुवा गरेपछि कर्मचारी असन्तुष्ट, प्रमुख प्रशासकीय अधिकृत रेणुका साहलाई कर्मचारीले बुझाए ज्ञापनपत्र ।


५) श्रीमतीले श्रीमान् बोक्ने प्रतियोगिता


नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने,  दौड १ सय मिटरको हुने ।


६) फोहोर व्यवस्थापनमा उदासीन हुँदाको परिणाम

 

फोहोर व्यवस्थापनमा प्रदेश १ तथा स्थानीय सरकार उदासीन भएपछि प्रदेश १ को वातावरण मन्त्रालयसँगै भद्रपुर, बिर्तामोड र मेचीनगर नगरपालिकाविरुद्घ उच्च अदालत विराटनगर इलाममा रिट दर्ता, १५ दिनभित्र जवाफसहित हाजिर हुन आदेश ।


७) फेवातालमा पर्यटक घुमाउने हुटहुटी


पोखराको फेवाताल किनारामा थुप्रिएको माटो गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र अन्य कार्यालयको समन्वयमा निकाल्न सुरु, प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले गरे थालनी ।


८)  रानीपोखरी पारियो चिटिक्क

 

काठमाडौं महानगरका कर्मचारीद्वारा रानीपोखरीको सरसफाइ, सरसफाइ कार्यक्रममा दर्जनौँ कर्मचारीहरूको सहभागिता ।

 

९) बालकुमारी पोखरीको मुहार फेरियो


ललितपुरको मल्लकालीन बालकुमारी पोखरी ललितपुर महानगरपालिकाले पुनर्निर्माण गरी पुरानै स्वरूपमा ब्युँताउँदै, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत दैनिक ज्यालादारीमा सफाइमा खट्दै स्थानीय ।


१०) भत्तपुर नगरवासीले लाउने भए कोभिड खोप

 

भक्तपुर नगरपालिकाको खोप समन्वय समितिको आयोजनामा कोभिड– १९ विरुद्धको खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन, खोप अभियानमा जनताको सहभागिताका लागि अभिमुखीकरण तालिम सञ्चालन गरिएको नगरप्रमुख सुनील प्रजापतिको भनाइ । 


११) शिक्षक नै फेल  भए


जाजरकोटको भेरी नगरपालिकामा रहेका ८ वटा प्राथमिक विद्यालयमा माग गरिएको १७ जना शिक्षक नै परीक्षामा पास भएनन्, प्रावि तहको परीक्षाको पुनः १५ दिने म्याद थपेर सूचना प्रकाशन गरिँदै, अब आउने शिक्षक भने पास हुने आश । 


१२)  प्रक्रिया र सर्त पूरा नहुँदा पैसा रोकियो


ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले रोक्यो पालिकाभित्रका ११ विद्यालयको दोस्रो चौमासिकको तलब भत्ता, आवश्यक प्रक्रिया र सर्त पूरा नगरेकाले रकम रोकिएको गाउँपालिको दाबी । 


१३) संघीयताको अभ्यास गर्दै महालक्ष्मी


धनुकटाको महालक्ष्मी नगरपालिकाको छैटौं नगरसभा सम्पन्न, स्थानीय ठाउँ, उत्पादन र परिवेश झल्कने विषय समावेश गर्दै नगरपालिकाद्वारा आफ्नै लोगो सार्वजनिक । 


१४) दोभानका अग्नि पीडितलाई राहत


ताप्लेजुङको दोभान बजारका अग्नि पीडितलाई मेरिङ्देन गाउँपालिकाद्वारा आपतकालीन सहयोग, राहतस्वरूप प्रतिपरिवारलाई १५ हजार, क्षतिको तथ्यांक संकलनको काम हुँदै, झन्डै १ अर्बको क्षति भएको प्रारम्भिक अनुमान । 


१५) प्राविधिक शिक्षामा अब्बल बन्दै त्रियुगा

 

उदयपुरको त्रियुगा नगरपालिका जिल्लाभरिमै प्राविधिक शिक्षासहितको शैक्षिक हब निर्माणमा जुट्यो, नगरभित्रका सामुदायिक विद्यालयमा सिभिल इन्जिनियरिङ, कृषि, पशु तथा भेटरेनरी र अमिन तथा कम्प्युटर विषय पठनपाठन सुरु । 

 

१६) सहिदभूमि गाउँपालिकाको गाउँसभा सम्पन्न

 

धनुकटाको सहिदभूमि गाउँपालिकाको साताैँ गाउँसभा सम्पन्न, गाउँपालिकाद्वारा पूर्ण विद्युत् चुहावटमुक्त गाउँ घोषणा, गाउँसभाबाट जलस्रोत ऐन र संस्था दर्तासम्बन्धी ऐन पारित । 


१७) वडाको पहलमा सडक बन्यो

 

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे र ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–१ मोली जोड्ने सडक निर्माण, वडा कार्यालयको पहलमा बनेको सडक बडहरेबाट घोपाटारसम्म पुग्ने, घोपाटारबाट भने झोलुंगे पुल तर्नुपर्ने बाध्यता । 

 

१८) हरिपुरवासीले पाउँने भए घर नजिकै स्वास्थ्य सेवा

 

सर्लाहीको हरिपुर नगरपालिकाको ९ वटै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार, नगरबासीलाई आधारभूत स्वास्थ्यको पहुँच गाउँगाउँमा नै पु¥याउने उद्देश्य रहेको नगरप्रमुखको भनाइ । 

 

१९) विद्यालयमा गुनासो पेटिका 


सूर्यविनायक नगरपालिकाद्वारा नगरभित्रका सबै सामुदायिक विद्यालयमा गुनासो पेटिका राख्न निर्देशन, लैंगिक सम्पर्क–बिन्दु तोक्नका लागि नगरद्वारा अनिवार्य महिला शिक्षिकाको व्यवस्था गर्न आग्रह । 


२०) सिडियोको बिदाई

 

कपिलवस्तुबाट दाङ सरुवा भएका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेललाई तौलिहवास्थित कपिलवस्तु नगरपालिकाका जनप्रतिनिधिले गरे बिदाइ ।