close

भक्तपुरका सबै वडामा सामाजिक सुरक्षा भत्ता वितरण

भक्तपुरका सबै वडामा सामाजिक सुरक्षा भत्ता वितरण

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुर नगरपालिकाको सबै वडा कार्यालयमा सामाजिक भत्ता वितरण सुरु गरिएको छ ।नगरपालिकाले चालू आव २०७७÷७८ का दोस्रो चौमासिकअन्तर्गत मंसिरदेखि फागुन मसान्तसम्मको भत्ता वितरण गरेको हो । सामाजिक भत्ता वितरणका लागि नगरपालिकाले ३ वटा अभियान सञ्चालन गर्दै आएको छ । नगरभित्रका सबै वडा कार्यालयबाट भत्ता वितरण भइरहेको नगरपालिकाले जनाएको छ । 

 

भत्ता वितरणको पहिलो दिनमा करिब ३ करोड ७६ लाख ९४ हजार ६ रुपैयाँ वितरण भएको छ । यसमध्ये वडा नम्बर १ बाट ३२ लाख ७ हजार २ सय, वडा नम्बर २ बाट २९ लाख ५६ हजार, वडा नम्बर ३ बाट ३२ लाख ५० हजार, वडा नम्बर ४ बाट ६४ लाख १२ हजार २ सय, वडा नम्बर ५ बाट ४० लाख, वडा नम्बर ६ बाट ३७ लाख ३० हजार ४ सय रुपैयाँ सामाजिक भत्ता वितरण गरिएको छ ।

 

यस्तै, वडा नम्बर ७ बाट ४१ लाख ५० हजार, वडा नम्बर ८ बाट १९ लाख २५ हजार, वडा नम्बर ९ बाट ४८ लाख १९ हजार र वडा नम्बर १० बाट ३२ लाख ४४ हजार ८ सय रुपैयाँ भत्ता वितरण भएको नगरपालिकाले जनाएको छ । सामाजिक सुरक्षा तथा आर्थिक सहायता वितरण २१ फागुनसम्म सञ्चालन गरिनेछ ।