close

कर्णालीलाई सहुलियतमा ऋण दिन प्रदेश प्रमुखको आग्रह

कर्णालीलाई सहुलियतमा ऋण दिन प्रदेश प्रमुखको आग्रह

Trulli
ADVERTISEMENT

सुर्खेत–कर्णाली प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले कर्णाली प्रदेशलाई सहुलियत ऋण उपलब्ध गराउनु पर्ने बताएका छन् । नगर विकास कोषको प्रादेशिक कार्यशाला गोष्ठीमा सम्वोधन गर्दै सो कुरा बताएका हुन् । 


अन्य प्रदेश विकासका दृष्टिले अगाडि बढेका छन्  । सबै प्रदेशको समान विकासका लागि कर्णाली प्रदेशलाई नगर विकास कोषले सहुलियत ऋण उपलब्ध गराउनु पर्ने उनको भनाइ छ । 


शहरी विकास मन्त्रालय अन्तर्गत रहेको नगर विकास कोष सहयोगी हातको रुपमा स्थापित छ । कर्णाली प्रदेशमा ६९ वटा स्थानीय सरकार छन् जसमा २५ वटा नगरपालिका छन् । 


कर्णालीलाई सहयोग गरी विशेष प्रदेश बनाउन आग्रह समेत गरेका छन् । सबैजसो स्थानीय तहमा दक्ष जनशक्तिको अभाव छ । पूर्वाधारका क्षेत्रमा अझै बढी समस्या रहेको प्रमुख कलौनीले बताए । यस्ता क्षेत्रमा नगर विकास कोषले महत्वपूर्ण भूमिका खेल्नु पर्ने उनको भनाइ थियो ।

  
संघ, प्रदेश र स्थानीय सरकारकाबीच अझै समस्या बाँकी रहेको नगरपालिका संघका अध्यक्ष अशोक ब्यञ्जुले बताए । स्थानीय तहमा भ्रटाचार बढ्यो भनेर प्रतिवेदन आयो । मुद्धा पर्ने बित्तिकै भ्रष्टाचार भयो भन्न मिल्दैन उनले भने, ‘कहाँ कसले गर्याे अनुसन्धान गरेर मात्र भन्नुपर्छ ।’ आन्तरिक स्रोतबाट नै विकास सम्भव हुने भन्दै स्थानीय तहहरुले आफ्नो आन्तरिक स्रोत बढाउने तर्फ लाग्नुपर्ने उनको भनाइ थियो ।