close

नगर कर्मचारीलाई प्रविधि सिकाउँदै वालिङ

नगर कर्मचारीलाई प्रविधि सिकाउँदै वालिङ

Trulli
ADVERTISEMENT

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिकाका कर्मचारीलाई आइसिटीसम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । तालिम उद्घाटन नगरप्रमुख दिलीपप्रताप खाँडले गरे । नगरप्रमुख खाँणले सूचना प्रविधिको प्रयोग गरी नागरिकलाई छिटो–छरितो र सहज सेवा दिन यस्ता तालिमले सघाउ पुग्ने बताए । 

 

‘स्मार्ट सिटीको अवधारणामा वालिङ अगाडि बढिसकेको छ । यो लक्ष्य प्राप्तिका लागि जनप्रतिनिधि, कर्मचारीले अझ मिहिनेत गर्नुपर्छ,’ नगरप्रमुख खाँणले भने, ‘लक्ष्य प्राप्तिका लागि हामीले प्रदान गर्ने सेवा पनि प्रविधिमैत्री हुन आवश्यक छ ।’

 

नगरपालिकाले निर्माण गरेका एप्लिकेसनको प्रयोग गर्ने तरिकाबारे नगरभित्रका माध्यमिक तहका विद्यालयका विद्यार्थीलाई सिकाउन वडा–वडामा स्मार्ट क्लब खोलिने र घर–घरमा यो कार्यक्रम पु¥याउने तयारी भइरहेको उनले जानकारी दिए ।

 

‘गाउँ–गाउँमा एप्लिकेसन चलाउन जानेकाले नजानेकालाई सिकाउँदै जानेछन्’, प्रमुख खाँणले भने, ‘७० प्रतिशतभन्दा धेरै नागरिकले घरमै बसेर सेवा लिन सक्ने अवस्था पुगेपछि विस्तारै कागजी प्रक्रिया बन्द गरी अनलाइन सेवालाई जोड दिँदै जानेछौँ ।’

 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले नगरको विकाससँगै सेवाग्राहीलाई सहज ढंगले सेवा उपलब्ध गराउन कर्मचारीलाई निर्देशन दिए । जनप्रतिनिधिले बनाउने विभिन्न योजना कार्यान्वयनको पक्ष कर्मचारीको भएको हुँदा जिम्मेवारीपूर्वक कार्य सम्पादन लाग्नुपर्ने उनको भनाइ छ । तालिममा ई–हाजिरी र अनलाइनबाट कर भुक्तानीलगायत विषयमा प्रयोगात्मक कक्षा सञ्चालन हुने सूचना तथा प्रविधि शाखाका प्रमुख प्रकाश अर्यालले बताए ।