close

पोखरामा कोरोना खोप भण्डारण केन्द्र शिलान्यास 

पोखरामा कोरोना खोप भण्डारण केन्द्र शिलान्यास 

Trulli
ADVERTISEMENT

 

कास्की– गण्डकी प्रदेश सरकारले २ महिनामै सक्ने लक्ष्यसहित कोभिड खोप भण्डारण गृह निर्माण सुरु गरेको छ । पोखराको रानीपौवास्थित स्वास्थ्य तालिम केन्द्र रहेको ठाउँमा भण्डारण गृह बनाउन लागिएको हो । 

 

खोप भण्डारण गृह निर्माणको जिम्मा पाएको न्यू केपी कन्स्ट्रक्सन प्रालिले ७५ लाख ३ हजार रुपैयाँ लागतमा १७ वैशाख २०७८ सम्म काम सकेर सरकारलाई हस्तान्तरण गरिसक्नुपर्नेछ । 

 

यसको स्वामित्व प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा हुनेछ भने काम संघीय आयोजना कार्यान्वयन इकाइले गर्न लागेको हो । भवनको शुक्रबार गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरे । कोभिडका कारण नाफाखोरका हातमा पुगेको स्वास्थ्य र शिक्षा क्षेत्र पुनः राज्यकै नियन्त्रणभित्र आएको उनको भनाइ छ ।

 

‘हामी खुलापनमा प्रवेश गरेका छौँ । स्वास्थ्य र शिक्षा राज्यको दायित्वबाट पर पुगेको थियो । नाफाखोरको हातमा पुगेको थियो’, उनले भने, ‘यसले संकट पैदा गरेको छ । अब राज्यको दायित्वमै आएको छ । यो कोभिडका कारण सम्भव भएको हो ।’ 

 

जनताले राज्यलाई विश्वास गर्ने वातावरण सिर्जना भएको उनको दाबी छ । ‘पोस्ट कोभिड–१९ व्यवस्थापन, स्वास्थ्य सामग्री, जनशक्ति व्यवस्थापनका हिसाबले फड्को मारिसकेका छौँ । अवसर प्राप्त भएको छ भन्ने मलाई लाग्छ’, मुख्यमन्त्री गुरुङले भने, ‘स्वास्थ्य क्षेत्रमा ठूलो लगानी भएको छ । स्थानीय तहमा अस्पताल निर्माण गर्ने कुरा स्वास्थ्यका लागि राज्यले गरेको ऐतिहासिक कदम हो ।’ समयमै काम सकेर सरकारको अभियानमा सहयोग गर्न निर्माण कम्पनीलाई उनको आग्रह छ ।