close

रूपा गाउँपालिकामा खुल्यो स्वास्थ्य केन्द्र

रूपा गाउँपालिकामा खुल्यो स्वास्थ्य केन्द्र

Trulli
ADVERTISEMENT

कास्की– नजिक स्वास्थ्य चौकी छैन । सानो चोटपटक लागे पनि दौडेर अर्को जिल्ला पुग्नुपर्छ । त्यहाँ पनि उपचारको टुंगो छैन । ज्वरो आउँदा किरामीलाई अस्पताल लैजानुप¥यो भने जिल्ला सदरमुकाम झार्नुपर्ने बाध्यता छ । 

 

कास्कीको रूपा गाउँपालिकास्थित वडा नम्बर १ स्यास्त्रीका नागरिक सानातिना उपचारका लागि पनि छिमेकी लमजुङको रामबजार पुग्थे । वरपर अन्त औषधीमूलो गर्ने ठाउँ छैन । यो पीडा कास्कीका अरू गाउँमा पनि छ । 

 

यही पीडामा पालिकाले मलम लगाइदिएको छ । भवन र उपकरणसहितका स्वास्थ्यकर्मी व्यवस्था गरेर बिहीबारबाट स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । 

 

गाउँपालिकाको ५ लाख रुपैयाँ लागतमा निर्माण भएको २ कोठे स्वास्थ्य केन्द्रको पालिका अध्यक्ष नवराज ओझाले उद्घाटन गरे । स्वास्थ्य केन्द्रमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुने अध्यक्ष ओझाले बताए । 

 

यसबाट रूपाको वडा नम्बर १ र ७ का नागरिकले सेवा पाउनेछन् । केन्द्रमा अहेब, अनमी र सहयोगी गरेर ३ जना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको पालिकाले जनाएको छ । 

 

‘यो ठाउँका नागरिक अहिलेसम्म स्वास्थ्यको पहुँचमा पुग्न सकेका छैनन् । रूपाको अत्यन्तै विकट ठाउँ हो स्यास्त्री’, उनले भने, ‘अब सानोतिनो कामका लागि टाढा धाउनुपर्दैन । औषधी नपाएर रोग पालिराख्नुपर्दैन ।’ 

 

थप स्वास्थ्य चौकी निर्माणको चरणमा रहेको ओझाले जानकारी दिए । पालिकाभरका स्वास्थ्य केन्द्रको स्तरोन्नतिमा बढी जोड दिइएको उनको भनाइ छ । ‘नभएका ठाउँमा नयाँ बनाउने । भएका ठाउँमा स्तरोन्नति गर्दै जाने । सिटामोल किन्न सदरमुकाम जानुपने बाध्यता हटेको छ’, उनले भने । वडा नम्बर १ का वडाध्यक्ष दीपक आलेले क्षमता र स्रोतअनुसार सेवा र पूर्वाधार थप्दै गएको जानकारी दिए ।