close

काठमाडौंमा मेयर कप क्रिकेटः विजेतालाई ५ लाख, उपविजेतालाई ३ लाख पुरस्कार 

काठमाडौंमा मेयर कप क्रिकेटः विजेतालाई ५ लाख, उपविजेतालाई ३ लाख पुरस्कार 

Trulli
ADVERTISEMENT

काठमाडौं– कीर्तिपुरको क्रिकेट रंगशालामा २२ फागुनदेखि मेयर्स कप क्रिकेट सुरु हुने भएको छ । ५० ओभरको प्रतियोगिता सिंगल राउन्ड रोविनका आधारमा हुनेछ, जसमा शीर्ष २ टिमले फाइनल खेल्नेछन् । २९ फागुनमा सम्पन्न हुने प्रतियोगिताका लागि टिमको घोषणा भइसकेको छ ।

 

काठमाडौं महानगरपालिकाको सहयोग र नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा खेल आयोजना गरिन लागेको हो । ५ वटा टिम सहभागी हुने प्रतियोगितामा विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । 

 

महानगरमा आयोजना गरिएको संयुक्त पत्रकार भेटघाट कार्यक्रममा यससम्बन्धी जानकारी दिइएको हो । प्रतियोगितामा सहभागी खेलाडीले २ हजार रुपैयाँ पाउनेछन् । संघले खेलाडीलाई खाने, बस्ने व्यवस्था गर्नेछ । 

 

प्रतियोगिताका लागि करिब ६५ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । यसमध्ये काठमाडौं महानगरपालिकाले ५० लाख रुपैयाँ प्रदान गर्नेछ । गत २० माघमा यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ ।