close

महिला स्वास्थ्य स्वयंसेविकाको विवरण पठाउन परिपत्र

महिला स्वास्थ्य स्वयंसेविकाको विवरण पठाउन परिपत्र

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– आफ्नो पालिकाभित्र रहेका महिला स्वास्थ्य स्वयंसेविकाको विस्तृत विवरण पठाउन सरकारले देशभरका स्थानीय तहलाई परिपत्र गरेको छ । 

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्र लेख्दै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको हार्ड र सफ्ट कपी दुवै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइदिन अनुरोध गरेको हो । 

 

विवरण उपलब्ध नभए वा नगराए स्वास्थ्य सेवा विभागकै विवरणका आधारमा बजेट व्यवस्थापन गरिनेसमेत मन्त्रालयले जनाएको छ । यदि त्यसो गर्दा रकम अपुग भए त्यसको व्यवस्थापन सम्बन्धित स्थानीय तह आफैंले गर्नुपर्ने मन्त्रालयले स्पष्ट पारेको छ ।