close

महालक्ष्मीमा नगरप्रमुख युवा उद्यमशीलता कार्यक्रम

महालक्ष्मीमा नगरप्रमुख युवा उद्यमशीलता कार्यक्रम

Trulli
ADVERTISEMENT

ललितपुर– ललितपरको महालक्ष्मी नगरपालिकाले नगरप्रमुख युवा उद्यमशीलता विकास कार्यक्रमको दोस्रो चरणको अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । नगरप्रमुख रामेश्वर श्रेष्ठको अध्यक्षतामा नगरपालिकाको बैठक कक्षमा कार्यक्रम सुरु गरिएको हो ।

 

कार्यक्रममा नगर उपप्रमुख निर्मला थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख चिरञ्जीवी पौडेल, कृषि विकास, पशु सेवा, प्रशासन र श्रम तथा रोजगार शाखा प्रमुखसहित नगरपालिकाका कर्मचारी सहभागी थिए ।

 

कार्यक्रमअन्तर्गत छनोट भएका १६ जनालाई नगरप्रमुख श्रेष्ठले सफल उद्यमी बन्न शुभकामना दिए । उद्यमशीलताको विकासमा नगरपालिकाले काम गर्दै आएको उनले बताए । ‘सबै उद्यमीलाई नगरपालिकाले बैंकमार्फत निब्र्याजी बिउ पुँजीका साथै आवश्यकताअनुसारका प्राविधिक सहयोग उपलब्ध गराउनेछ’, श्रेष्ठले भने ।

 

कार्यक्रममा छनोट भएका उद्यमीले आफूले गर्न चाहेको उद्यमबारे जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले नगरप्रमुख युवा उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत प्रदान गरिने बिउ पुँजी लगानी, किस्ता बुझाउने तरिका र विधि सम्बन्धमा सहभागीलाई अभिमुखीकरण गरेका थिए ।