close

मुगुका गाउँमा काेराेना खाेप लैजानै सकस  

मुगुका गाउँमा काेराेना खाेप लैजानै सकस  

Trulli
ADVERTISEMENT

मुगु– मुगुको जिल्ला खोप समन्वय समितिले स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई एकै ठाउँ भेला गरेर खोप अभिमुखीकरण गोष्ठी सम्पन्न गरेको छ । ‘स्वास्थ्य समृद्धि र सुरक्षा: कोभिड–१९ खोपले गर्छ रक्षा’ मूल नारासहित कार्यक्रम सम्पन्न भएको हो । 


कार्यक्रममा सहभागीलाई कोभिड–१९ विरुद्धको खोप अभियानको औचित्य, सञ्चालन प्रक्रियाबारे जानकारी दिएर कार्यक्रमलाई प्रभावकारी बनाउन सम्बन्धित निकायको समन्वय र सहयोग पु¥याउने उद्देश्यले मुगुका पत्रकारसँग स्वास्थ्य सेवा कार्यालयले अभिमुखीकरण चलाएको हो । 

 

खोप अभियानलाई सफल बनाउन छलफल गरिएको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ । कोरोनाविरुद्धको खोपबारे जिल्लाबासीलाई भ्रममा नपर्न कार्यालयका प्रमुख डा. निर्मल नगरकोटीले आग्रह गरे ।

 

उनले भने, ‘मुगुको भौगोलिक विकटता हेरेर खोप केन्द्र विस्तार गर्र्न र सहज रूपमा स्वास्थ्यकर्मी परिचालन गरेर नागकिरलाई खोप दिने लक्ष्य छ ।’ खोप अभियान सफल बनाउन मुगुका ४ वटै स्थानीय तहका स्वास्थ्य संयोजकसँगै स्वास्थ्यकर्मीलाई तालिम दिएर पठाइएको डा.नगरकोटीले बताए । 

 

अभिमुखीकरणमा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीले मुगुमा कोरोनाविरुद्धको खोप लगाउन स्वास्थ्यकर्मी र र नागरिकलाई सहजीकरण गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘यसअघि मुगुमा ८२ प्रतिशत नागरिकले खोप लगाएका छन् । २३ बाट सुरु भई २६ फागुनसम्म सञ्चालन दोस्रो चरणको अभियानमा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सहज वातावरणमा खोप लगाउँछौँ ।’ 

 

मुगुमा ३ हजार ५ सय जना ज्येष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य रहेको उनले बताए । मुगुमा पहिलो चरणमा ४ सय ७७ जनालाई खोप लगाइएको छ भने १ हजार १ जनालाई दोस्रो चरणमा लगाउने कार्यक्रम रहेको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ ।

 

मुगु आएको १ सय भाइल अपुग रहेको स्वास्थ्य कार्यालयले बताएको । २ सय ८० भाइल गत बिहीबार मात्र मुगु आइपुगेको हो ।


मुगुमा उपयुक्त ठानिएन खोप

 

देशभरका जिल्लामा कोरोना भाइरसविरुद्धको खोप उपयुक्त नदेखिएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीले बताएका छन् । हिमाली जिल्ला भएको र भौगोलिक विकटताका कारण अभियान स्थानीयको पहुँचमा पुर्‍याउन नसक्दा यस्तो अवस्था देखिएको उनको भनाइ छ । 

 

मुगुमा कोरोना संक्रमित नहुनुले पनि खोपको प्रभाकारित खासै उपयुक्त नरेहको प्रजिअ शिवाकोटीको अनुमान छ । स्वास्थ्य मन्त्रालयले ६५ वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेसँगै मुगुमा पनि सोहीबमोजिम लगाइन लागिएको हो ।