close

प्राचीन संस्कृति संरक्षणमा जुट्दै राप्ती

प्राचीन संस्कृति संरक्षणमा जुट्दै राप्ती

Trulli
ADVERTISEMENT

दाङ– दाङको राप्ती गाउँपालिकाले नासिँदै गएको परम्परागत कला–संस्कृति संरक्षणका लागि सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । राप्तीको वडा नम्बरको आयोजनामा पुराना स्थानीय कला–संस्कृति झल्कने परम्परागत गीत–संगीत तथा नृत्य संरक्षणका लागि सांस्कृति कार्यक्रम भएको हो । 

 

वडा नम्बर ८ का वडाध्यक्ष गोकर्णबहादुर रानाको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी उपस्थित कार्यक्रममा वडाबासीले सांस्कृतिक कला प्रदर्शन गरेका थिए । स्थानीय थारु, मगर, गुरुङ समुदायका पुराना लोपोन्मुख संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति कार्यक्रममा सहभागी गराइएको थियो ।

 

स्थानीय ११ वटा लोपोन्मुख संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति रहेको कार्यक्रममा घाँटु नाच, सोरठी नाच, कौडा नाच, पैया नाच, झ्याउरे नाच, भुमरा नाच, पन्चेबाजा, नौमतिलगायतका नाच प्रस्तुत गरिएको थियो । 

 

सांस्कृतिक कार्यक्रममा प्रस्तुति पस्कने सहभागी समूहलाई वडा कार्यालयले नगद तथा प्रमाणपत्रले सम्मान गरेको छ । आगामी २६ फागुनमा वडा नम्बर ६ को पत्यरगढवामा समेत सांस्कृतिक कार्यक्रमसहित वडा कार्यालय उद्घाटन गरिने भएको छ ।