close

शंकर पोखरेलको नजरमा केपी ओलीका १९ काम

शंकर पोखरेलको नजरमा केपी ओलीका १९ काम

Trulli
ADVERTISEMENT

रुपन्देही– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरलले प्रधानमन्त्री केपी शर्मा ओलीले असाधारण र दूरगामी महत्वका कामहरु गरेको दावी गरेका छन् । उनले प्रधानमन्त्री ओलीले गरेका कामले मुलुकको जीवनमा असाधारण र दूरगामी महत्व राख्ने दावी समेत गरे ।


उनले प्रधानमन्त्री ओलीले गरेका कामहरु सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । ओलीको नेतृत्वमा राम्रा काम हुँदा पनि उनलाई चौतर्फी घेराबन्दी भइरहेको मुख्यमन्त्री पोखरेलको भनाई छ । ‘पार्टी एकता संकटग्रस्त बनेको छ । राष्ट्रिय राजनीति पुनः अस्थिर र अन्योलग्रस्त बनाइँदैछ,’ उनले भने, ‘सबैपक्ष गम्भीर र जिम्मेवार बनौं ।’

मुख्ममन्त्री पोखरेलको नजरमा यस्ता छन् प्रधानमन्त्रीका दूरगामी महत्वका कामः

१) विश्वास गुमेको अवस्थामा संविधानसभावाट नयाँ संविधानको निर्माण ।

२) जातीय क्षेत्रिय अतिवाद र विखण्डनवादको वैचारिक रुपमा सामना ।

३) भारतीय नाकावन्दीको सामना र सफलता ।

४) चिनसँगको ऐतिहासिक पारवान सम्झौतावाट भविष्यमा नाकावन्दी नहुने परिस्थितिको निर्माण ।

५) नेकपा(एमाले)को नेता भएपछि पार्टीको लोकपृयतामा वृद्धि ।

६) सफल चुनावी गठवन्धन र ऐतिहासिक पार्टी एकताको नेतृत्व ।


७) भारत र चिनसँगको सम्वन्धलाई नयाँ आयाम दिने प्रयास ।

८) अन्तर्राष्ट्रिय स्तरमा नेपालको आवाज सुनिने अवस्थाको सिर्जना ।


९) सन् १९५० को असमान सन्धीको पुनरावलोकनमा सैद्धान्तिक सहमति ।

१०) पूर्वधार विकासमा तिव्रता ।

११) रणनीतिक विकास आयोजनाहरु (रेलमार्ग, जलमार्ग, हवाई यातायात, सुरुङमार्ग, उत्तर–दक्षिण करिडोर, खानी अन्वेषण र उत्खननको तयारी आदि) को थालनी ।

१२) सामाजिक सुरक्षामा नयाँ आयाम योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ।

१३) विप्लव र सिके राउतसँगको ऐतिहासिक शान्तिवार्ताको नेतृत्व ।

१४) छोटो समयमा नयाँ संविधानको सफल कार्यान्वयन र आम स्विकारोक्तिको निर्माण ।

१५) तराई– मधेसको विकासमा तिव्रता ।

१६) प्राविधिक शिक्षामा जोड र विद्यार्थी भर्ना दरमा उल्लेख्य वृद्धि ।


१७) सडक मानवरहित अभियानको नेतृत्व ।

१८) स्वास्थ पुर्वाधार विकासमा क्रान्ति ।

१९) कोभिड– १९ महामारीको सफलतापूर्वक सामना ।